अन्तरपुस्ता महिलावादी मञ्चद्वारा चन्द्रौटामा कोणसभा सम्पन्न


​शिवराज (कपिलवस्तु) —

अन्तरपुस्ता महिलावादी मञ्चको आयोजनामा कपिलवस्तुको शिवराज नगरपालिका स्थित चन्द्रौटा चोकमा ‘अनुपम अभियान’अन्तर्गत एक कोणसभा सम्पन्न भएको छ।
​शिवराज नगरपालिकाकी उपप्रमुख शिवकुमारी थारुको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा महिला अधिकार, समानता तथा महिलाको सामाजिक सहभागिताका विषयमा व्यापक छलफल गरिएको थियो।


​कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि उपप्रमुख थारु तथा अन्य वक्ताहरूले समाजमा महिलाको पहुँच र अधिकार सुनिश्चित गर्नका लागि एकजुट भएर अगाडि बढ्नुपर्नेमा जोड दिए।

कोणसभामा महिला अधिकारकर्मीहरू मीना परियार, कविता आचार्य, टिका विक, शुभावती कुर्मी र तौलेश्वर चौधरीलगायतले आफ्ना धारणा राख्दै महिला हिंसा अन्त्य र सामाजिक न्यायका लागि यस्ता अभियानको ठूलो महत्व रहने बताए।​कार्यक्रममा स्थानीय बासिन्दा, अधिकारकर्मी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो।

धेरै पढिएको

ताजा समाचार