कपिलवस्तुको बाणगंगामा ४६ जनामा डेंगु संक्रमण, ६ जनाको अवस्था गम्भीर


कपिलवस्तु-कपिलवस्तुको बाणगंगा नगरपालिकामा डेंगु ४६ जनामा डेंगु रोगको संक्रमण पुष्टि भएको छ । बाणगंगाका  विभिन्न स्थानमा गरी साउन लागे यता ४६ जनामा डेंगु रोगको संक्रमण पुष्टि भएको छ संक्रमित मध्ये ६ जनाको अवस्था गम्भीर रहेकाले उपचारका लागि बुटवल पठाइएको बाणगंगाको स्वास्थ्य शाखाले जनाएको छ ।

डेंगु संक्रमितहरुको नगरका विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको बाणगंगाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले बताउनु भयो । नगरभित्र डेंंगुका विरामी बढेपछि मंगलबार नगरका विभिन्न स्थानको निरिक्षण गरेको उहाँले बताउनु भयो ।

नगरका चारनम्बर, पिपरा, बोडगाउँ, बनगाई लगायतका बजार क्षेत्रको अनुगमन गरिएको उहाँले जनाउनु भयो । डेंगु रोगी एकाएक बढे पछि सरसफाई अभियानलाई तीव्र पार्ने गरी नगरले तयारी थालेको छ ।

धेरै पढिएको

ताजा समाचार