
कपिलवस्तु – कपिलवस्तुको चन्द्रौटामा संचालित तिज महोत्सवको चौथो दिन (आज) चर्चित लोक तथा दोहोरी गायक बदि पंगेनीको तिज गित सगैं रमाएका छन । आज उल्लेख्य दर्शकहरुले मेलाको अवलोकन गरेका छन । यस्तै लोक तथा दोहोरी गायिका संगिता चिउरे, रीता थापा लगायत स्थानिय कलाकरको प्रस्तुतीले रमाईलो माहोल बनेको आयोजकले जनाएको छ ।
तिज डान्स आइंडलको दोस्रो अडिसनसगौ एक जना बाहिरीएको छ । यसैगरी नृत्य निर्देशक संघ कपिलवस्तुको बेजोड प्रस्तुति रहेका थियो । छमछमी इन्टरटेमेन्ट प्रालिको आयोजनामा भदौ १४ गतेसम्म संचालन हुने छ ।
हिन्दु महिलाहरुको महान चाड हरीतालिका तिजको अवसरमा कपिलवस्तुको शिवराज ५ चन्द्रौटामा तिज महोत्सव २०७९ सूरु भएको महोत्सवले पर्यटन प्रवद्र्धन, कला र संस्कृति जर्गेना गर्ने विश्वश लिईएको छ ।