कपिलवस्तुमा सर्पको टोकाइबाट एक महिलाको मृत्यु


कपिलवस्तु -कपिलवस्तुमा सर्पको टोकाइबाट एक जनाको ज्यान गएको छ । कपिलवस्तु नगरपालिका १० बकुलीमा सर्पले डस्दा एक महिलाको ज्यान गएको हो । सर्पको टोकाइबाट ५० वर्षीया पुष्पा अधिकारीको ज्यान गएको हो । आफ्नै खेतमा घाँस काट्ने क्रममा सर्पले टोकेर उनको ज्यान गएको हो ।

 

सर्पको टोकाइबाट घाइते भएकी उनको उपचारको लागि सर्पदंश उपचार केन्द्र गोरुसिङ्गे लगिएकोमा उपचारकै क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

 

धेरै पढिएको

ताजा समाचार