काठमाडौँ-
सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले आशन्न निर्वाचनलाई लक्षित गरेर सुरु गर्न लागेको ‘जनताको साथमा कांग्रेस’ अभियानका लागि केन्द्रीय प्रतिनिधिहरु खटाएको छ।
कांग्रेसले भदौ १० गतेबाट सुरु हुन गइरहेको ‘जनताको साथका कांग्रेस’ अभियानका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको हो।प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाले आइतबार केन्द्रबाट खटाइएका केन्द्रीय सदस्यहरुलाई जिम्मेवारीसहितको लिखित पत्र दिएका छन्।
पत्रमा पार्टीको विजय अभियान सफल बनाउन जनताको साथमा कांग्रेस अभियानलाई व्यापक बनाउन केन्द्रीय प्रतिनिधिको जिम्मेवारी सुम्पिएको उल्लेख छ।कांग्रेसले राष्ट्रव्यापी अभियानका लागि खटाइएको केन्द्रीय प्रतिनिधिहरलाई जिम्मेवारी पूरा गरेर केन्द्रीय कार्यालयमा लिखित प्रतिवेदन बुझाउन भनिएको छ।
गत साउन २ गते बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले आगामी निवाृचन केन्द्रीय राष्ट्रव्यापी अभियान चलाउने निर्णय गरेको थियो।
साउन २८ गते बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले राष्ट्रव्यापी अभियान भदौ १० देखि २४ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको थियो।
कुन जिल्लामा को खटिए ?
ताप्लेजुङ्ग : आङ्गेलु शेर्पा
पाँचथर : प्रदीपकुमार सुनुवार
इलाम : महेन्द्रकुमारी लिम्बु
झापा : डिला संग्रौला
संखुवासभा : उमेशजंग रायमाझी
तेह्रथुम : लक्ष्मी परियार
भोजपुर : भीम पराजुली
धनकुटा : राजीव ढुंगाना
मोरङ : ज्ञानेन्द्रबहादुर कार्की
सुनसरी : अमृत अर्याल
सोलुखुम्बु : कल्पना चौधरी
खोटाङ : तारामान गुरुङ
ओखलढुंगा : लक्ष्मी खतिवडा
उदयपुर : बलबहादुर केसी
सप्तरी : आनन्दप्रसाद ढुंगाना
सिरहा : महेन्द्रकुमार राय
धनुषा : नगिना यादव
महोत्तरी : मञ्जु खाँण
सर्लाही : दिनेशकुमार यादव
रौतहट : अजयकुमार चौरासिया
बारा : रमेश रिजाल
पर्सा : पद्मनारायण चौधरी
दोलखा : शान्ति परियार
रामेछाप : हरिशरण नेपाली
सिन्धुली : दिलमान पाख्रिन
रसुवा : राजेन्द्र केसी
धादिङ : मदनकृष्ण श्रेष्ठ
नुवाकोट : मदनबहादुर अमात्य
सिन्धुपाल्चोक : बहादुरसिंह लामा
काभ्रे : रमा कोइराला
चितवन : श्यामकुमार घिमिरे
मकवानपुर : उमेश श्रेष्ठ
भक्तपुर : अम्बिका बस्नेत
ललितपुर : नानु बास्तोला
काठमाडौं : जीतजंग बस्नेत
गोरखा : ध्रुव वाग्ले
लम्जुङ : शंकर भण्डारी
तनहुँ : सुरेन्द्रराज पाण्डे
कास्की : प्रदीप पौडेल
मनाङ : गुरु बराल
मुस्ताङ : कृष्णचन्द्र नेपाली पोखरेल
पर्वत : चम्पादेवी खड्का
स्याङजा : चिनकाजी श्रेष्ठ
म्यादी : दिनेश कोइराला
बाग्लुङ : अब्दुल सतार
नवपुर : सरस्वती अर्याल
नवलपरासी : मानबहादुर नेपाली
रुपन्देही : योगेन्द्र चौधरी
कपिलवस्तु : चन्द्रबहादुर केसी
पाल्पा :अब्दुल रञ्जाक
अर्घाखाँची : गोविन्दराज पोखरेल
गुल्मी : देवेन्द्रराज कँडेल
रुकुम पुर्व : धना खतिवडा
रोल्पा : मैकुलाल बाल्मीकी
प्युठान : जावेदा खातुन जागा
दाङ : गोपाल दहित
बाँके : दिपक गिरी
बर्दिया : गेहेन्द्र गिरी
रुकुम पश्चिम : कृष्णकिशोर घिमिरे
सल्यान : सीता देवकोटा
जुम्ला : रंगमति शाही
मुगु : कान्तिका सेजुवाल
कालिकोट : जानकी सिंह
जाजरकोट : सिताकुमारी राना
दैलेख : राजीवविक्रम शाह
सुर्खेत : सञ्जयकुमार गौतम
बाजुरा : अर्जुनजंगबहादुर सिंह
बझाङ : गोविन्दबहादुर शाह
डोटी : नृपबहादुर वड
अछाम : रणबहादुर रावल
दार्चुला : यज्ञराज जोशी
बैतडी : रमेश लेखक
डडेलधुरा : ईश्वरी न्यौपाने
कञ्चनपुर : रामजनम चौधरी
कैलाली : एनपी साउद