कपिलवस्तु क्षेत्र नं ३ (क) बाट दुई जनाको नाम सिफारिस  ‘ख’बाट कनौडियाको एकल


 

सनिउल्ला धोबी, कपिलवस्तु-
नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नं ३ (क) बाट प्रदेश सांसद पदमा प्रत्यक्ष तर्फ दुई जनाको नाम सिफारिस भएको छ । कांग्रेसले प्रत्यक्ष प्रदेशतर्फ अकिल मियाँ र जमशेद अली मियाँको नाम सिफारिस गरेको छ । नेपाली कांग्रेस क्षेत्र नं ३ का क्षेत्रिय सभापती ब्राम्हानन्द उपाध्यायले अकिल मिया र जमशेर अली मियाँको नाम क्षेत्र नं ३ (क) बाट प्रदेश सांसद पदमा नाम सिफारिस गर्नुभएको छ ।

क्षेत्र नं ३ र ३ (ख) को समानुपातिकको नाम टुङ्गो नलागेको क्षेत्रीय सभापती उपाध्यायले जानकारी दिनुभयो ।

त्यस्तै नेपाली कांग्रेस क्षेत्र नं ३ (क) को क्षेत्रीय कार्य समितीले जमशेर अली मियाँको नाम प्रत्यक्ष तर्फ प्रदेश सांसदको लागि सिफारिस गरको छ । क्षेत्र नं ३ (क) को क्षेत्रीय सभापती गोविन्द केसीको सभापतीत्वमा बसेको क्षेत्रीय समिति बैठकलेले प्रत्यक्ष तर्फ जमशेर अली मियाको एकल नाम सिफारिस गरेको क्षेत्रीय सभापती गोविन्द केसीले बताउनुभयो ।

कपिलवस्तु क्षेत्र नं ३ (क) बाट समानुपातिक तर्फ प्रदेश सांसदको रुपमा नेपाली कांग्रेसका जिल्ला प्रावक्त इश्वरी प्रसाद पाण्डे, पुर्व जिल्ला सचिव विनोद नेपाल, कांग्रेस नेतृ तारादेवी चौधरी र निर्मला देवी कुर्मी चौधरीको नाम सिफारिस भएको क्षेत्रीय सभापती गोविन्द केसीले जानकारी दिनुभयो ।

त्यस्तै क्षेत्रीय समितिले नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नं ३ को प्रत्यक्ष तर्फ प्रतिनिधि सभा सदस्यको रुपमा अभिषेक प्रताप शाहको एकल नाम सर्वसम्मत सिफारिस गरेको क्षेत्रीय सभापती ब्रम्हानन्द उपाध्यायले बताउनुभयो ।

मंगलबार क्षेत्रीय कार्यसमितिले पूर्व केन्द्रीय सदस्य शाहको नाम क्षेत्र नं ३ मा प्रतिनिधि सभातर्फ सर्वसम्मत सिफारिस गरेको हो । नेता शाह क्षेत्र नं ३ बाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्नुहुन्छ । शाह २०६२ साल देखी सांसद पदमा हुनुन्छ ।

त्यस्तै प्रदेशतर्फ ‘ख’मा नेपाली कांग्रेसका नेता वीरेन्द्र कनौडियाको एकल नाम सिफारिस भएको छ । कनौडियाको नाम ‘ख’बाट एकल रुपमा सिफारिस भएको छ । ‘ख’बाट कनौडिया गत प्रदेश सभाको निर्वाचनमा निर्वाचित हुनुभएको थियो ।

क्षेत्र नं ३ (क) बाट सिफारिस हुनुभएका नेता अकिल मियाले आफुले टिकट पाउने बलियो आधार भएको बताउनुभएको छ । २०३० साल देखी राजनिति गरेका अकिल मिया शेखर कोइराला प्यानलको रुपमा चिनिनुहुन्छ । पार्टीमा गरेको कामको आधारमा चोक चौराहामा आफ्नो नाम चर्चामा रहेको मियाले बताउनुभयो ।

त्यस्तै क्षेत्र नं ३ (क) बाट सिफारिस हुनुभएका नेता जमशेर अली मियाले आफनो टिकट सुरक्षीत भएको बताउनुभयो । विगत लामो समय देखी राजनितिमा सक्रीय जमशेर देउवा निकट हुुनुन्छ ।

धेरै पढिएको

ताजा समाचार