
कपिलवस्तु-अनेरास्ववियु कपिलवस्तुको जिल्ला अध्यक्षमा अन्जित खनाल चयन हुनुभएको छ। शुक्रबार सिद्धार्थ क्याम्पसको सभाहलमा भएको अनेरास्ववियु कपिलवस्तु जिल्ला कमिटीको पुर्ण बैठमा नि वर्तमान अध्यक्ष दयाराम पौडेल नेत्रित्व स्तान्त्रण गरेसगैं खनाल अध्यक्ष चुनिनु भएको हो ।
बैठकमा बोल्ने बक्ताहरुले अनेरास्ववियुका हरेक कमिटीहरुलाई चलायमान गराउनु पर्ने बताएका थिए । काम गर्ने समयमा धेरै बाधा आउने गरेपनि आफ्नो कामलाई निरन्तरता दिनुपर्ने बताएका थिए ।
बैठकमा प्रमुख अतिथिको रुपमा नेकपा एमाले कपिलवस्तु जिल्ला सचिव चन्द्र बहादुर गहतराज , विशिष्ठ अतिथि अनेरास्ववियु केन्द्रिय स्थायी कमिटी सदस्य एवम् लुम्बिनी प्रदेश सह–इन्चार्ज टुकलाल गैरे, अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य तथा जिल्ला ईन्चार्ज लेखनाथ खनाल ,अनेरास्ववियु जिल्ला कमिटी पुर्वअध्यक्ष एवम अनेरास्ववियु केन्द्रीय सदस्य ,कपिलवस्तु सह–इन्चार्ज बाबुराम अर्याल,नेकपा (एमाले) जिल्ला सचिवालय सदस्य तथा अनेरास्ववियु जिल्ला सह–इन्चार्ज गोबिन्द प्रसाद आचार्य (बिकास) लगायत अनेरास्ववियु नेताहरुको सहभागिता रहेको थियो ।