बलदेव अर्घाखाँचीबाट सिफारिस


कपिलवस्तु-अर्घाखाँची नेकपा (माओवादी केन्द्र)अर्घाखाँचीले मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि केन्द्रीय सचिवहरु चन्द्रपाणी खनाल र डिलाराम आचार्यलाई उम्मेदवार सिफारिस गरेको छ । खनाल र आचार्यसँगै जाकिर हुसेनको नाम पनि सिफारिस भएको छ ।अर्घाखाँची ढाकावाङ जन्मिएका खनाल कपिलवस्तुबाट राजनीति गर्दै आएका छन् ।

कपिलवस्तु निर्वाचन क्षेत्र १ बाट पनि संघीय सांसदका लागि उम्मेदवार सिफारिस भएका छन् । प्रतिनिधिसभा समानुपातिकमा जिल्ला इन्चार्ज सुशीला श्रीपाली सिफारिस भएकी छन् ।

 

धेरै पढिएको

ताजा समाचार