चन्द्रौटामा बजाज पल्सर एनएस १२५ को बिक्री सुरु,यस्ता छन प्रमुख विशेषता


 

कपिलवस्तु -बजाज पल्सर एनएस १२५ नेपाली बजारमा सार्वजनिक भएको छ । कपिलवस्तुका लागि बजाज मोटरसाइकलको आधिकारिक विक्रेता जिनत अटोमोटिभले एनएस १२५ को चन्द्रौटा बजारमा ल्याएको हो । लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले शुक्रबार एक कार्यक्रम बिच बजाज एनएस १२५ पल्सरको उदघाटन गर्नु भयो ।बजाज पल्सर एनएस सिरिज लोकप्रिय मोटरसाइकल रहेको छ ।

सो बाइकमा फ्रन्ट ट्विन पोजिसन ल्याम्पको साथमा सिंगल पोड हेलोजन हेडलाइट, मस्क्युलर फ्युल ट्यांक, इन्जिन काउल, स्प्लिट सिट, स्पोर्टी पिलियन ग्रयाबरेल, अन्डरबेली एक्जस्ट, स्प्लिट स्टाइल अलोय ह्वील र ट्वीन स्ट्रिप एलईडी टेलल्याम्प रहेको छ ।

बजाज पल्सर एनएस १२५ को उदघाटन गर्दै युवाहरुले मोटरसाइकलको सहि सदुपयोग गर्नु पर्ने प्रदेश सदस्य केसीले बताउनु भयो ।

बजाज १२४.४५ सीसीको सिंगल सिलिण्डर एयरकुल्ड, २ भल्भ इलेक्ट्रोनिक्स एफआई इन्जिन दिइएको छ जुन इन्जिनले अधिकतम १२ पीएस पावर र ११ एनएम टर्क प्रदान गर्ने गरेको विक्रेता जिनत अटोमोटिभका प्रबन्धक निर्देशक फुरकान अकबाल खाँले जानकारी दिनु भयो ।

बजाजमा ५ स्पीडको गियरबक्स रहेको छ । एनएस १२५ को २४० एमएमको डिस्क र पछाडि १३० एमएमको ड्रम ब्रेक रहेको फुरकान अकबालले बताउनु भयो ।
यसैगरी यसको अगाडि टेलिस्कोपिक फर्क र पछाडि निट्रो मोनोशक रहेको । एनएस १२५ मा १७ इन्चको अलोय ह्वील रहेको छ ।

 

 

 

के के छन त परिवर्ता र विशेषता

बाइकले ६५ किलोमिटर प्रतिलिटरको माइलेज दिन सक्ने कम्पनीको भनाइ छ । कम्पनीले सो बाइकको टप स्पिड १०३-२९ किलोमिटर प्रतिघन्टा रहेको दाबी गरेको छ ।  
सो बाइकमा पावर दिनको लागि १२५ सीसी सिंगल सिलिन्डर एयरकुल्ड इन्जिन समावेश गरिएको छ । जसले ८५०० आरपीएममा १२ पीएस र ७००० आरपीएममा ११ एनएमको टर्क जेनेरेट गर्छ । यसको इन्जिन ५ स्पिड ट्रान्समिसनको साथमा जोडिएको छ ।

 

सो बाइक ४ रङमा उपलब्ध रहेको छ । जसमा ब्लु, फ्युरी ओरेन्ज, बर्नट रेड र पल्सर ग्रे समावेश रहेको छ । सो सबै बाइकमा अलोय ह्वीललाई मिल्ने रिम स्ट्रिम उपलब्ध रहेको छ ।

 

पल्सर एनएस १२५ को रियरमा प्रिलोड एडजस्टेबल मोनोसक र फ्रन्टमा टेलिस्कोपिक फोर्क समावेश गरिएको छ । ब्रेकिङको लागि फ्रन्टमा सिंगल २४० एमएमको डिस्क ब्रेक र सीबीएस प्रविधिको साथमा रियरमा १३० एमएम ड्रम ब्रेक उपलब्ध रहेको छ । सो बाइक १४४ किलोग्रामको रहेको छ ।

पल्सर एनएस १२५ को रियरमा प्रिलोड एडजस्टेबल मोनोसक र फ्रन्टमा टेलिस्कोपिक फोर्क समावेश गरिएको छ । ब्रेकिङको लागि फ्रन्टमा सिंगल २४० एमएमको डिस्क ब्रेक र सीबीएस प्रविधिको साथमा रियरमा १३० एमएम ड्रम ब्रेक उपलब्ध रहेको छ । सो बाइक १४४ किलोग्रामको रहेको छ ।

 

यसको ग्राउन्ड क्लियरेन्स १७९ एमएम, ८०५ एमएमको सिट उचाई र १३५३ एमएम लम्बाईको ह्वीलबेस रहेको छ । सो बाइकमा १२ लिटरको फ्युल ट्यांक रहेको छ ।बजाज पल्स्र एनएस १२५ सिंगल एडिसनमा प्रस्तुत गरिएको छ । जसको मूल्य ९३ हजार ६९० भारु रहेको छ । सो बाइकको मूल्य एनएस १६० को भन्दा १६ हजार भारु कम रहेको छ ।  

धेरै पढिएको

ताजा समाचार