
कपिलवस्तु -कपिलवस्तुमा चौथो बुद्धभूमि कृषि, व्यापार, सांस्कृतिक पर्यटन र औद्योगिक प्रदर्शनी मेला मंसिर ६ गतेदेखि १७ गतेसम्म लाग्गने भएको छ। बुद्धभूमि उद्योग वाणिज्य संघको आयोजनामा गोरुसिगेंमा हुनेमा मेलाको आज आयोजकले महोत्सव स्थल गोरुसिंगेमा पत्रकार सम्मेलनमार्फत मेलाको तयारी अन्तिम चरमा पुगेको जानकारी गराएको छ ।
पत्रकार सम्मेलनमा बुद्धभूमि उद्योग वाणिज्य संघका अध्यक्ष शुभलाल भुसालले मेलाको उद्देश्य स्थानीय उत्पादनको प्रवर्द्धन, सांस्कृतिक पर्यटनको विकास र औद्योगिक समृद्धिमा टेवा पुर्याउने रहेको बताउनु भयो । मेलामा स्थानीय उत्पादनको विशेष प्रदर्शनका साथै विभिन्न सांस्कृतिक मनोरञ्जनका कार्यक्रम एवम् व्यापारिक गतिविधिहरू हुने बताउनु भयो।
मेलामा कृषि, औद्योगिक र व्यापारिक प्रदर्शनीसँगै विभिन्न सांस्कृतिक कार्यक्रमहरू पनि सञ्चालन हुने आयोजकले जानकारी दिएका छन्।
कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष बसन्त गिरिले मेलाले स्थानीय उद्योग र पर्यटनलाई प्रवर्द्धन गर्दै आर्थिक गतिविधि बढाउने विश्वास व्यक्त गर्नु भयो । पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ कपिलवस्तु अध्यक्ष किरणमान बज्राचार्य लुम्बिनी प्रदेश सदस्य चिन्ता परियार र पत्रकार महासंघ केन्द्रिय अनुसासन विभाग सदस्य खग प्रसाद चापागाईंले मेलाको सफलताको शुभकामना ब्यक्त गर्नु भएको थियो
पत्रकार सम्मेलनमा उद्योग वाणिज्य संघका पदाधिकारीहरू, लुम्बिनी प्रदेशका पत्रकारहरू, र कपिलवस्तुका दर्जनौं पत्रकारहरूको उपस्थिति थियो।