
कपिलवस्तु -शिवराज नगरपालिकाको वडा नं. १ मा आइतवारदेखि “घरदैलो स्वास्थ्य सेवा भेटघाट कार्यक्रम” सुरु भएको छ। उक्त कार्यक्रमको शुभारम्भ वडा अध्यक्ष खिम बिक्रम केसीले उमरी गाउँमा स्वास्थ्यकर्मीहरूको उपस्थितिमा कार्यक्रम शुभारम्भ भएको थियो ।
कार्यक्रमको पहिलो दिन उमरी गाउँका ज्येष्ठ नागरिकहरूको स्वास्थ्य जाँच गरिएको छ। अध्यक्ष केसीले वडाका सबै गाउँहरूमा कार्यक्रम सञ्चालन गर्दै ज्येष्ठ नागरिकहरूलाई प्राथमिकतामा राखेर स्वास्थ्य जाँच गरिने बताउनु भयो।
स्वास्थ्यकर्मीहरूको टोलीले ज्येष्ठ नागरिकहरूको नियमित स्वास्थ्य परीक्षणका साथै उनीहरूको स्वास्थ्य समस्याबारे परामर्श दिने कार्य गरिरहेको छ। वडा अध्यक्ष केसीले स्वास्थ्य कार्यक्रमले वडावासीलाई लाभ पुर्याउने विश्वास व्यक्त गरेका छन्।
वडाका सबै बासिन्दाले स्वास्थ्य सेवा कार्यक्रमबाट लाभ लिन आग्रह गरिएको छ। यो कार्यक्रम वडाभरका गाउँहरूमा विस्तार गरिने वडा अध्यक्ष केसिले बताउनु भयो ।