कपिलवस्तु -कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ३ ले मा ज्येष्ठ नागरिकहरूको स्वास्थ्य जाँच कार्यक्रम अभियान लिएर कटुवा गाउँमा पुगेको छ । वडा अध्यक्ष टेकलाल सापकोटाको नेतृत्वमा स्वास्थ्यकर्मीहरूको टोलीले ज्येष्ठ नागरिकहरूको घरदैलोमै पुगेर स्वास्थ्य जाँच सेवा प्रदान गरेको हो।
कार्यक्रम अन्तर्गत, स्वास्थ्यकर्मीहरूले वृद्ध नागरिकहरूको समग्र स्वास्थ्य अवस्था जाँच गर्दै उच्च रक्तचाप, मधुमेह, जोर्नी समस्या, र अन्य वृद्धावस्थासँग सम्बन्धित रोगहरूको पहिचान गरी आवश्यक परामर्श र स्वास्थ उपचारका लागि सुझाव दिएका छन्।
“ज्येष्ठ नागरिकहरूलाई घरमै सेवा पुर्याएर उनीहरूको स्वास्थ्य सुधार गर्ने उद्देश्यले यो कार्यक्रम सुरु गरेको वडा अध्यक्ष टेकलाल सापकोटाले बताउनु भयो । ज्येष्ठ नागरिकहरूको स्वास्थ्य सेवामा पहुँच पुराउने उदेश्य उक्त अभियान सुरु गरिएको अध्यक्ष सापकोटाले बताउनु भयो ।
कार्यक्रममा स्थानीय स्वास्थ्यकर्मीहरू, वडा कार्यालयका कर्मचारी, र स्थानीय स्वयंसेवकहरूको सहभागिता रहेको थियो।