चन्द्रौटा- कपिलवस्तुको शिवराज नगरपालिकाले बजार अनुगमनलाई तिव्रता दिएको छ। आज शिवराज नगरपालिकाका नगरप्रमुख अजय थापाको नेतृत्वमा एक टोलीले रुद्रपुर चोकमा अनुगमन गरेको हो।
अनुगमन टोलीले सडक पेटी कब्जा गरी व्यापार गरिरहेका व्यवसायीहरूलाई हटाउँदै सार्वजनिक स्थानलाई व्यवस्थित बनाउन निर्देशन दिएको छ।
नगरप्रमुख थापाले स्थानीय बजारको व्यवस्थापन, सरसफाइ, र उपभोक्ताको हित हुने गरि ब्यापार निर्देशन गर्नु भयो
अनुगमनका क्रममा व्यापारिक पसलहरूमा म्याद नाघेका सामान, मूल्य सूची नराख्ने, र खाद्य सामग्रीको गुणस्तरमा ध्यान नदिने व्यवसायीहरूमाथि पनि कारबाही हुने कृषि शाखा प्रमुख तारा चन्द्र चौधरीले जानकारी दिनु भयो ।
नगरप्रमुखसँगै प्रहरी, शिवराज नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष अनुप चौधरी , कृषी शाखा प्रमुख तारा चन्द्र चौधरी ,नेपाल प्रहरी ,शसस्त्र प्रहरी र नगर प्रहरी सहभागीतामा अनुगमन गरिएको थियो।
अनुगमनले स्थानीयबासीलाई सकारात्मक सन्देश प्रवाह गरेको छ भने व्यवसायीहरूलाई नियमपालन गर्न चेतावनी दिएको छ।
नगरपालिकाले आगामी दिनमा यस्ता अनुगमनलाई थप व्यवस्थित र प्रभावकारी बनाउने जनाएको छ।