सामाजिक बिकास मन्च कपिलवस्तुको अध्यक्षमा बेल्वासे


कपिलवस्तु –
सामाजिक बिकास मन्च नेपाल कपिलवस्तुको पाँचौं अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ।

देवीप्रसाद बेल्वासे अध्यक्ष पदमा निर्वाचित भएका छन् । ११ औं साधारण सभा र ५ औं अधिवेशनबाट बिष्णु प्रसाद अधिकारी उपाध्यक्ष, रणदिप खतिवडा सचिव, अब्दुल माहबुव खाँ सहसचिव, हुमा पौडेल कोषाध्यक्ष र मनकला बिक, केशरा न्योपाने, कृष्ण प्रसाद पौडेल, नारायण आचार्य, गोपाल भाट सदस्यको रूपमा निर्वाचित भएका छन्।

आज सम्पन्न साधारण सभा तथा अधिवेशन सस्थाको अध्यक्ष रामप्रसाद पौडेलको अध्यक्षता तथा प्रदेश सभा सदस्य अर्जुन केसिको प्रमुख आतिथ्य र सस्थापक अध्यक्ष तथा पूर्व नगर प्रमुख नेत्रराज अधिकारीको विशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा प्रमुख अतिथी अर्जुन केसिले सामाजिक एकता र सद्धभाव कायम गर्नका लागि मन्चको कामलाई नयाँ समितीले महत्त्वपूर्ण तरीकाले अगाडी लैजान आग्रह गर्नुभयो ।

सस्थापक अध्यक्ष नेत्रराज अधिकारीले सस्थाको स्थापना सामाजिक एकता र दुखी(गरीवको सहयोगको उद्देश्यले गरिएको बताउदैे नव निर्वाचित समितिलाई सस्थालाई समाजिक काममा अगाडि बढाउन आग्रह गर्नुभयो ।
कार्यक्रममा शिवराज नगरपालिका वडा नं ५ का अध्यक्ष नेत्र प्रसाद बेल्बासे व्यापार संघ केन्द्रिय सदस्य महादेव पोख्रेल, मानव अधिकार प्रतिष्ठान कपिलवस्तुका अध्यक्ष बिण्णु प्रसाद खतिवडा, समाजसेवि हुमाकान्त खनाल लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

कार्यक्रम सस्थाका उपाध्यक्ष बिष्णु प्रसाद अधिकारीको स्वागत मन्तव्य तथा सचिव कमला पौडेलको संचालनमा सम्पन्न भएको हो ।

धेरै पढिएको

ताजा समाचार