कृषिलाई अर्थतन्त्रसँग जोड्दै उत्पादन र बजारिकरण तीव्र बनाउने: शुजता साक्य


कपिलवस्तु -एमाले पोलिट ब्युरो सदस्य शुजता साक्यले कृषिलाई अर्थतन्त्रसँग जोडेर कार्य थालनी गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। चन्द्रौटामा एमाले शिवराजका नेताहरूसँगको भेटघाटमा उहाँले पार्टीलाई बलियो बनाउन कार्यआदेश अनुसार चल्नुपर्नेमा जोड दिनुभयो।

लोकतन्त्रको अभ्यास गर्दै रचनात्मक काम गर्नुपर्ने बताउँदै, सरकार सञ्चालनमा कुशलता निर्माणका लागि अनुशासन अनिवार्य रहेको उहाँको भनाइ थियो।

साक्यले पार्टीले उत्पादन र बजारिकरणका कार्यक्रमलाई तीव्र रूपमा अगाडि बढाउने योजना रहेको पनि जानकारी दिनुभयो। यस अवसरमा, एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य नेत्रराज अधिकारी, शिवराज नगर कमिटी अध्यक्ष महादेव पोखरेल, र अन्य नेताहरूबीच भेटघाट तथा छलफल भएको थियो।

 

धेरै पढिएको

ताजा समाचार