कपिलवस्तुको शुद्धोधन गाउँपालिका–१ मा एमाले विजयी


कपिलवस्तु -कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।

आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनमा शुद्धोधन गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा एमालेका उम्मेदवार मोहमद ताहिर मुसलमान १ हजार १ सय ५० मत ल्याइ निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।

एमाले उम्मेदवारका निकटतम प्रतिद्वन्द्वी कांग्रेशका दिनेश कुमार यादवले १ हजार ७६ मत प्राप्त गरेका थिए ।

त्यस्तै, जनमत पार्टीका सीताराम पटेल कुर्मीले ४ सय २३ मत प्राप्त गरेका छन् भने जसपा नेपालका रामबहादुर कुर्मी चौधरीले ३ सय ४१ मत प्राप्त गरेका छन् ।

निर्वाचन आयोगका अनुसार माओवादी केन्द्रका उम्मेदवार रफि मोहम्मद मुसलमानले १ सय ३८ मत ल्याउँदा रास्वपाका अशोककुमार चौधरीले ९२ मत ल्याएका थिए भने राप्रपा उम्मेदवार इनताज अहमद धोवीले ६६ र नागरिक उन्मुक्तिका उम्मेदवार सूर्यकुमार चौधरी थारुले ३३ मत प्राप्त गरेका छन् ।

धेरै पढिएको

ताजा समाचार