
कपिलवस्तु, मंसिर १८- वर्षौंदेखि सक्रियतापूर्वक मानव बेचबिखन हटाउन काम गर्दै आएको शान्ति पुनस्थापना गृह कपिलवस्तुले आर्थिक वर्ष २०८०÷०८१ मा सञ्चालित कार्यक्रमहरूको वार्षिक सामाजिक लेखा परीक्षण कार्यक्रममा गरेको छ । लुम्बिनी प्रदेशका सदस्य तथा पूर्व वन तथा वातावरणमन्त्री अर्जुन केसीले मानवबेचविखन अविभावक जिम्मेवार नभए सरकार र प्रहरीले मात्र मुद्दा चलाएर मात्रै समस्या समाधान नहुने बताउनु भयो ।
कार्यक्रममा बोल्दै उहाँले पछिल्लो समय मानव आचरण समाजको संरचना भत्किएजस्तै भएको बताउनु भएको छ । मानव बेचविखन नियन्त्रण गर्न परिवार अभिभावक जिम्मेवार बन्नुपर्ने बताउनु भयो ।
शान्ती पुनर्स्थापना गृहको केन्द्रिय अध्यक्ष शान्ता सापकोटाले शान्ति पुनस्थापना गृहले विगतदेखि नै मानव बेचबिखन रोकथाम, उद्दार, पुनर्स्थापना, र पुनर्मिलनका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएको बताउनु भयो । अध्यक्ष सापकोटाले नेपाली चेलीबेटीहरू विदेशमा राम्रो अवसरको प्रलोभनमा परी बेचीने गरेको उहाँले बताउनुभयो ।
जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्यले शान्ति पुनस्थापना गृहले व्यवस्थित रूपमा काम गरिरहेको भन्दै जनप्रतिनिधिमा सहकार्यको भावना भएन भने विकासमा अवरोध सिर्जना हुने बताउनु भयो ।रक्षा निकाय र स्थानीय सरकारसँगको सहकार्यले मात्र मानव बेचविखन नियन्त्रको समस्या समाधान सम्भव रहेको बताउनु भयो।
शान्ति पुनस्थापना गृहले देशभरि कार्यक्षेत्र बनाउँदै उत्कृष्ट काम गरेको शिवराज नगरपालिकाका उपप्रमुख शिवकुमारी चौधरीले बताउनुभयो । किशोर किशोरीहरू साथीहरूको लहैलहैमा फस्ने क्रम रोक्न विद्यालयमा पालिकाबाट सचेतना कार्यक्रम सञ्चालन गरेको बताउनु भयो । भौतिक विकासमा मात्रै ध्यान दिएर मात्रै नहुने भन्दै सामाजिक ,लैंगिक समानता, किशोरी–युवाको क्षमता अभिवृद्धि, र शिक्षाका कार्यक्रममा लगानी गर्न अत्यावश्यक रहेको बताउनु भयो ।
गैरसरकारी संस्था महासङ्घको प्रदेश उपाध्यक्ष शुसिला बेल्बासेले मानव बेचबिखन अहिले खुला रूपमा सीमाबाट नभएर यसका नयाँ तरिकाहरू विकास भएको बताउनु भयो। परिवार आत्मनिर्भर भए बेचबिखन रोकिन सक्ने बताउनु भयो । स्थानीय सरकारको कमजोर संरचना र परिपालन प्रणाली सुधार गर्न आवश्यक छ।
शान्ति पुनस्थापना गृहले दीर्घकालीन सुधारका काम गरेको भन्दै चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य महादेव पोखरेलले समाज सुधारका लागि संस्थागत र व्यक्तिगत दुवै तहबाट सहयोग गर्न तयार रेहेको बताउनु भयो । शान्ति पुनस्थापना गृहको कार्यप्रति प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी ढंगले अगाडि बढ्न सुझाव दिनु भयो ।
ईलाका प्रहरी कार्यालय कृष्णाका प्रमुख शुरज खत्रीले समाजमा बिकराल अवस्था सिर्जना भएको बताउनु भयो । शान्ति पुनस्थापना गृहको सहकार्यमा उद्दार गरिएका प्रयासले धेरै परिवारमा खुसी ल्याएको बताउनु भयो । प्रहरी र संस्थाबीचको सहकार्यलाई अझ उत्कृष्ट बनाउँदै अगाडि बढ्ने बताउनु भयो ।
समाजिक परीक्षण कार्यक्रममा शान्ति पुनर्स्थापना गृह कृष्णनगरका कार्यक्रम सुपरभाइजर डिल्लीराज तिमिल्सिनाले आर्थिक वर्ष २०८०। ८१ मा शान्ति पुनर्स्थापना गृह शाखा कार्यालय कपिलवस्तुले ३ सय ४६ जनालाई उद्धार गरेको बताउनुभयो ।
कार्यक्रम सुपरभाइजर तिमिल्सिनाले यस आर्थिक वर्षमा आर्थिक वर्ष २०८०८१ मा कुल ९ हजार ८ सय २२ जनालाई सूचना तथा परामर्श दिएको बताउनुभयो ।
कपिलवस्तुको कृष्णनगरमा सम्पन्न भएको सामाजिक लेखा परीक्षण कार्यक्रममा शान्ति पुनर्स्थापना गृह्का पदाधिकारीहरू, कपिलवस्तुका जनप्रतिनिधिहरू, नेपाल, भारतका पत्रकारहरु, विभिन्न संघसंस्थामा आबद्ध भएका प्रतिनिधिहरु सहभागी हुनुभएको थियो ।