युवा संघले विजयनगरमा बृहत रक्तदान गर्ने


कपिलवस्तु-कपिलवस्तुकाे विजयनगर गाउँपालिकामा बृहत रक्तदान कार्यक्रम हुने भएको छ । राष्ट्रिय युवा संघ विजयनगर गाउँ कमिटीको आयाेजना, विजयनगर गाउँपालिकाकाे समन्वय, नेपाल रेडक्रस साेसाइटी बुटवल-रुपन्देही र राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल विजयनगर गाउँ कमिटीको प्राविधिक सहयोगमा बृहत रक्तदान कार्यक्रम हुने भएकाे छ ।

आयाेजकले यही २२ गते शनिबार वडा नम्बर ६ मा रहेकाे विजयनगर आधारभूत अस्पताल बद्दाैरमा रक्तदान कार्यक्रमकाे आयाेजना गरिएको राष्ट्रिय युवा संघ नेपाल गाउँ कमिटीका अध्यक्ष ताैलेश्वर खटिकले जानकारी दिए । उनले रगत अभावलाई मध्यनजर गर्दै रगत सङ्कलनका लागि बृहत रक्तदान कार्यक्रमकाे आयाेजना गरिएको बताए । रक्तदानकाे महत्त्वलाई बुझाउनुकाे साथै आम नागरिकलाई सचेत गराउन उद्देश्यले कार्यक्रम गर्न लागिएको उनले बताए ।

विजयनगर गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापाले रक्त अभावलाई हटाउन सबैले रक्तदान गर्न आवश्यक रहेकाे बताउँदै रक्तदान पुण्यकाे काम भएको बताए । उनले धेरै भन्दा धेरै रगत सङ्कलन गर्न सम्पूर्णलाई खबर पुग्ने गरि प्रचारप्रसारका साथ लाग्नुपर्नेमा जाेड दिए । रगतकाे अभावले बिरामीले समयमा रगत नपाउँदा उपचारमा समस्या सिर्जना हुने गरेकाे बताउँदै रक्तदान कार्यक्रममा सहभागी हुन अध्यक्ष थापाले अनुरोधसमेत गरे ।

रक्तदान कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्न जनप्रतिनिधि, स्वास्थ्यकर्मी, समाजसेवी, बुद्धिजीवी, विद्यार्थी अगुवा लगायतसँग बृहत छलफलसहित रक्तदान कार्यक्रमकाे तयारी गरिएकाे जनाइएको छ ।

धेरै पढिएको

ताजा समाचार