
कपिलवस्तु –
कपिलवस्तुको शिबराज नगरपालिका वडा नं १ चैनपुरमा जनकल्याण स्वावलम्बन वचत तथा ऋण सहकारी संस्थाको २३औं साधारण सभा सम्पन्न भएको छ । सहकारीका अध्यक्ष लक्ष्मी हमालको अध्यक्षता, लुम्बिनी प्रदेशका पूर्व वन मन्त्री अर्जुन कुमार केसीको प्रमुख आतिथ्यता र शिवराज नगर उप प्रमुख शिवकुमारी थारुको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी अर्जुन कुमार केसीले सहकारीको माध्यमबाट ऋण लिएर फजुल खर्च गर्नेभन्दा उत्पादनमुखि काम र व्यवसायिकता अपनाउन आग्रह गर्नुभयो । सहकारीले बचत गर्ने बानीको बिकास भएकोले पनि आफुले आम्दानी गरेको केहि रकम भए पनि वचत गर्नु पर्ने बताउनु भयो । थोरै थोरै जम्मा गरेर बचत गर्ने बानीको बिकास भएकोले समाज परिर्वतनमा सहकारीको समेत अहम भुमीका रहेको उँहाले बताउनु भयो ।
नगर उप प्रमुख शिवकुमारी थारुले महिलाहरू सहकारीमार्फत व्यवसायिक र आत्मनिर्भर बन्न थालेको उल्लेख गर्दै, सहकारी संस्थाले उत्पादनमूलक काममा बढी ध्यान दिनु पर्ने जोड दिनु भयो ।
सहकारीका अध्यक्ष लक्ष्मी हमालले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै, संस्थाले सदस्यलाई सहज ढंगले सेवा उपलब्ध गराएको र सामाजिक कार्यमा अग्रस्थानमा रहेको बताउनुभयो । सहकारीले रकम वचत र ऋणको मात्र काम नगरी सामाजिक कार्यमा पनि अग्रस्थानमा रहेको काम गरिरहेको बताउनु भयो । उहाँले सहकारी व्यवसाय विस्तार तथा क्षमता विकासका लागि अझै तिव्र रुपमा लागिपरेको वताउन भयो .।
कार्यक्रममा शिवराज नगरपालिका वडा नं १ का वडा अध्यक्ष खिम बिक्रम केसी, सहकारीका लेखा समिती संयोजक तोयानाथ गैरे, अरनिको सहकारीका अध्यक्ष दोर्ण प्रसाद अधिकारी, शिवपुर खानेपानिका अध्यक्ष ढुन्डीराज अधिकारी लगायतले शुभकामना मन्तव्य दिएका थिए।
उकृष्ट असल ऋण्ीा तथा जेष्ट सदस्यलाइ सम्मान गरीएको कार्यक्रमको संचालन संस्थाका सेयर सदस्य अर्जुन सरले गर्नु भएको थियो ।