
कपिलवस्तु -कपिलवस्तुको शिवराज नगरपालिका ३ मा एक हप्ते योग अभ्यास सम्पन्न भएको छ । नागरिक आरोग्य सेवा केन्द्र चन्द्रौटाको आयोजना तथा वडा नम्बर ३ को सहयोगमा अभ्यास सप्पन्न भएको वडा अध्यक्ष टेकलाल सापकोटाले दिनु भयो ।
वडा बासीलाई योगको नियमित अभ्यासबाट स्वास्थ्य राम्रो, कार्यक्षमतामा वृद्धि, चिन्तामुक्त, मानसिक शान्ति, रोग प्रतिरोधी क्षमतामा बढोत्तरी, शरीर, मन र आत्माबीचको समन्वय, सकारात्मक सोचको विकास, अनावश्यक विचारबाट मुक्ति, ऊर्जा प्राप्ति, आत्म ज्ञान प्राप्ति लगायतका सकारात्मक गुणको विकास गराउने उदेश्यका साथ कार्यक्रमको आयोजना गरिएको बताउदै आफुले सिकेको सीप अरुलाइ सिकाउन र दैनिक रुपमा योगा गर्न अनुरोध गर्नु भयो ।
कार्यक्रम मा शिवराज नगरपालिका वडा नम्बर ३ अन्तरगतका सामुदायिक बिद्यालयका शिक्षक शिक्षिका तथा स्थानीय ४० जनाको सहभागीता रहेको थियो । तालिमा प्रशिक्षार्थीहरुलाइ १ थान टिसर्ट र प्रमाणपत्र प्रदान गरिएको कार्यक्रमका संयोजक सुरेन्द्र प्रसाद पाण्डेले जानकारी दिनुभयो ।
कार्यक्रममा बिस्नु प्रसाद अधिकारिले प्रशिक्षण दिनु भएको थियो ।