
कपिलवस्तु –
शिवराज नगरपालिका वडा नं. २ मा नेकपा माओवादी केन्द्रले दोस्रो वडा अधिवेशन सम्पन्न गर्दै नयाँ समिति चयन गरेको छ। नक्कुल विकको अध्यक्षतामा १५ सदस्यीय नयाँ वडा समिति गठन भएको हो। कमिटिको उपाध्यक्षमा मानसिंह बुढा, टन बहादुर पुन, राधा चौधरी, सचिवमा राजकुमार यादव, सह–सचिवमा इस्माइल मियाँ र कोषाध्यक्षमा मनु बुढा मगर चयन भएका छन्।
माओवादी केन्द्र प्रदेश कमिटि सदस्य तथा नगर इन्चार्ज दिनेश पुनले माओवादी आन्दोलनले देशमा व्यवस्था परिवर्तन गरेको भएता पनि पूर्णता हासिल गर्न अझै संघर्ष जारी राख्नु पर्ने बताए। उनले जनयुद्धका शहीदहरूको सपना पूरा गर्न आवश्यक रहेको र प्रतिक्रियावादी शक्तिहरूको प्रयासका बाबजुद जनयुद्धको ऐतिहासिक महत्व प्रमाणित भइसकेको उल्लेख गरे। कार्यक्रमको अन्त्यमा विभिन्न वक्ताहरूले नयाँ नेतृत्वलाई शुभकामना दिएका थिए। माओवादी केन्द्रले यो अधिवेशनलाई आफ्नो संगठन सुदृढीकरणको महत्वपूर्ण कदमका रूपमा लिएको छ।
कार्यक्रममा प्रदेश कमिटि सदस्य रामबिलास यादव र नगर कमिटि अध्यक्ष सरला बुढालगायतका वक्ताहरूले नयाँ नेतृत्वलाई शुभकामना दिएका थिए । वडा अधिवेशनलाई माओवादी केन्द्रले आफ्नो संगठन सुदृढीकरणका लागि महत्वपूर्ण कदमको रूपमा लिएको छ ।