
कपिलवस्तु -कपिलवस्तुको शिवराज नगरपालिका १ शिवपुरमा उत्पादित वस्तुको गुणस्तर र लेभलिङ्ग सम्बन्धि अन्तरक्रिया कार्यक्रम सप्पन्न भएको छ ।
घरेलु तथा साना उद्योग कार्यलय कपिलवस्तुको आयोजनामा सम्पन्न कार्यक्रममा खाद्य पदार्थको लेवलम खुलाउनु पर्ने बिवरण जस्तै खाद्य पदार्थको नाम र ब्रान्ड समिश्रण, उत्पादकको पूरा नाम ठेगाना, तौल वा नापको परिमाण, उत्पादन मिति र उत्पादन सामाग्री म्याद सकिने समय उल्लेख गर्नु पर्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यलय कपिलवस्तुका खाद्य निरीक्षक सरोज खनालले जानकारी दिनु भएको थियो ।
कार्यक्रममा उपभोक्ता का अधिकारका बारेमा समेत प्रशिक्षण दिएको थियोे ।
उपभोक्ता हित संरक्षणमा संबैधानिक तथा कानुनी ब्यास्था अनुसार प्रत्येक उपभोक्तालाइ गुणस्तरीय बस्तु तथा सेवा प्राप्त गर्ने अधिकार सुनिश्चित गरिएको घरेलु तथा साना उद्योग कार्यलयका प्रमुख सन्तोष खनालले बताउनु भयो ।
उपभोक्ता संरक्षण ऎनमा उपभोक्तालाई हुने हानी नोक्सानी बापत क्षतिपूर्ति उपलब्ध गराउन एनले टेवा पुराउंने उहाँले बताउनु भयो ।
उपभोक्ता संरक्षण ऎन २०७५ बमोजिम गुणस्तरीय वस्तु तथा सेवा उत्पादन गर्नु पर्ने उत्पादकको दायित्व रहेको समेत बताउनु भयो ।
कार्यक्रम घरेलुु तथा साना उद्योग कार्यलय कपिलवस्तुका अध्यक्ष टोपलाल पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालयका अधिकृत बिस्नु प्रसाद अधिकारि,व्यापार संघ कपिलवस्तुका वरिष्ठ उपाध्यक्ष जगत प्रसाद पौडेलले गुणात्मक कुरा सिकाइएको र यस कार्यक्रमले जिवनमा परिवर्तन ल्याउन सक्ने बताउनु भयो।
यस्ता खालका कार्यक्रम समुदाय स्तरमा गर्नु पर्ने बताउदै स साना उद्योगलाई प्रोत्साहन गर्न समेत आग्रह गर्नुभयो ।
यसै गरि कार्यक्रमलाई सम्बोधन गर्दै,चन्द्रौटा उद्योग बाणिज्य संघका उपाध्यक्ष पारसमणी पाण्डेले समय समयमा अनुगमन भए उत्पादक र उपभोक्ता सचेत हुने बताउदै निरीक्षण गर्ने कार्यलाइ कडाइका साथ लागू गर्नु पर्ने बताउनु भयो ।
ब्यापार संघ कपिलवस्तु उपाध्यक्ष दिपक पौडेल ,उद्योग बाणिज्य संघ चन्द्रौटाका उपाध्यक्ष सरोज पौडेल, सहित शिवराज नगरापालिका भित्र संचालित उद्योगि ब्यावसायी तथा स्थानीय उपभोक्ता हरुको सहभागीता रहेको थियोे ।
कार्यक्रममा उपभोक्ताले तालीम लिन पाउँदा अत्यन्तै खुशी भएको बताउदै धेरै जानकारी प्राप्त गर्न सकेको जनाएका थिए । उनीहरुले यस्ता खालका कार्यक्रम हरेक महिना आयोजना गर्न आग्रह गरे ।