
कपिलवस्तु-कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर १मा रहेको सर्वोदय महिला विकास बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुन टिका विश्वकर्मा चयन हुनु भएको छ । सनिवार सम्पन्न संस्थाको १९ औं वार्षिक साधारणसभा तथा नौं अधिवेशनले वि कको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको हो ।
निर्वाचन उपसमितिका सदस्य समेत रहनु भएका राष्ट्रिय मानव अधिकार प्रतिष्ठान कपिलवस्तुका सभापति विष्णु प्रसाद खतिवडाका अनुसार कार्यसमिति उपाध्यक्षमा पवित्रा पाठक –बेल्बासे) सचिवमा यसोधा भट्राइ ,सह सचिवमा हिरामति थारु र कोषध्यक्षमा हिमा एम.सी चयन हुनु भएको छ । कार्यसमिति सदस्यहरुमा हुमा भट्टराई,शारदा थापा शारदा पुन, सरस्वती भारती ,निमा थारु चयन हुनु भएको छ ।
त्यस्तै अधिवेशनले शुशिला खनालको संयोजकत्वमा तीन सदस्यीय लेखा तथा सुपरीवेक्षण समिति गठन समेत गरेको छ । सदस्यमा पुर्णकला भट्राई र रिता थारु चयन हुनु भएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका पुर्व वन तथा वातावरण मन्त्रि एवम प्रदेश सांसद अर्जुन कुमार के सीले केही सहकारीमा देखा परेको समस्याका कारण राम्रा काम गरिरहेका सहकारीहरु प्रति पनि जनमानसमा अविश्वास पैदा भएको बताउनु भयो । बचत गर्ने बानी घरको भान्साबाटै सुरु गर्नु पर्ने बताउनु भयो। सहकारीको माध्यमबाट महिलाहरूलाई आर्थिक र सामाजिक रूपमा सशक्त बनाउन उल्लेखनीय योगदान पुग्ने बताउनु भयो ।
संस्थाले महिलाहरूलाई आर्थिक रुपमा सबल बनाउने र समाजमा आत्मनिर्भरता अभिवृद्धि गर्ने महत्वपूर्ण भूमिका खेलेको शिवराज नगरपालिका उप प्रमुख शिवकुमारी थारुले बताउनु भयो । महिला सशक्तीकरण र आर्थिक सुधारका लागि सहकारीलाई अझ प्रभावकारी बनाउनु पर्ने बताउनु भयो । नगरपालिकाको तर्फबाट पनि सकारात्मक कदमहरूलाई प्रोत्साहन र सहयोग गर्न सधैं तत्पर रहेको बताउनु भयो ।
सहकारीवाट ल्याएको ऋण अनुत्पदन क्षेत्रमा लगानी गर्न नहुने चेम्बर अफ कमर्स केन्द्रिय सदस्य महादेव पोखरेलले बताउनु भयो । सहकारीको माध्यमबाट ऋण लिँदा फजुल खर्च नगरी, बचत र व्यवसायमा लगानी गरी व्यवसायिक बन्न आग्रह गर्नुभयो ।महिलाहरु सहकारीमार्फत आत्मनिर्भर र व्यवसायिक बन्न थालेको कुरा उल्लेख गर्दै, सहकारी संस्थाले उत्पादनमूलक काममा बढी ध्यान दिनु पर्ने बताउनु भयो ।
सहकारीलाई जीवन्त, दिगो, बलियो बनाउँन सहकारी ऐन कानूनमा रहेर काम गर्न सके मात्र सहकारी दिगो रहने शिवराज नगरपालिका सहकारी विभाग प्रमुख लक्ष्मी कणेलले बताउनु भयो ।
कार्यक्रममा शिवराज नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष राम बहादुर चौधरी,राष्ट्रिय मानव अधिकार प्रतिष्ठान कपिलवस्तुका सभापति विष्णु प्रसाद खतिवडा , अरनीको ऋण तथा बचा सहकारीका अध्यक्ष द्रोण प्रसाद अधिकारी लगायतले शुभकामना मन्तब्य दिनु भएको थियो । कार्यक्रममा अध्यक्ष विकले आगामि वर्षको कार्य योजना प्रस्तुत गर्दै अध्यक्षको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा आर्थिक संस्थाका कोषध्यक्ष हिरामति थारुले ३ करोड वराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रम उपाध्यक्ष पवित्रा बेल्बासेको स्वागत मन्तव्य सचिव शुशिला खनालको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा जेष्ठ सेयर सदस्य र असल ऋणिलाई सम्मान समेत गरीएको थियो।
बन्द सत्रका प्रमुख अतिथि समेत सहनु भएका नेत्र बेल्बासेले सर्वोदय महिला विकास बचत तथा ऋण सहकारी संस्थाको नव निर्वाचित कार्यसमितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै यो नेतृत्वले संस्थालाई थप उचाइमा पु¥याउँदै महिला सशक्तीकरण र सहकारी अभियानलाई अझ प्रभावकारी बनाउन अग्रह गर्नु भयो ।