९औं चन्द्रौटा महोत्सवको औपचारिक सार्वजनिक


कपिलवस्तु, पुस ५ –

चेम्बर अफ कमर्स कपिलवस्तुले ९ औं चन्द्रौटा कृषि पर्यटन तथा औद्योगिक ब्यापार महोत्सव २०८१ को औपचारिक सार्वजनिक गरेको छ । कपिलवस्तुको चन्द्रौटामा व्यापार संघको आयोजनामा हुने ९ औं चन्द्रौटा कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सवको तयारी सुरु भएको छ। माघ ९ गतेदेखि २० गतेसम्म सञ्चालन हुने महोत्सवको घोषणा शुक्रबार संघको कार्यालयमा आयोजित एक कार्यक्रममा गरिएको छ।

“कृषि, उद्योग, पर्यटन र व्यापारस् स्थानीय उत्पादनको प्रयोग, रोजगारको मुख्य आधार” भन्ने नाराका साथ आयोजना गरिने महोत्सवमा स्थानीय उत्पादनलाई प्राथमिकता दिइने आयोजकले जनाएको छ। महोत्सवको मूल आयोजक समितिका संयोजक महादेव पोखरेलले महोत्सवलाई नयाँपन दिने र जिल्लाका अन्य स्थानीय तहसँग सहकार्य गर्दै पर्यटन तथा औद्योगिक क्षेत्रमा प्रचारप्रसार गरिने जानकारी दिएका छन्।

उक्त कार्यक्रमका अवसरमा नवनिर्वाचित पत्रकार महासंघ कपिलवस्तुका सचिव सनिउल्ला धोबी र सदस्य माधव बेल्वासेलाई सम्मान गरिएको थियो। कार्यक्रम संघका वरिष्ठ उपाध्यक्ष जगत पौडेलको स्वागत मन्तव्य र महासचिव गोपाल बञ्जाडेको सञ्चालनमा सम्पन्न भएको थियो।

महोत्सवले कृषि, उद्योग, र पर्यटन क्षेत्रलाई प्रोत्साहन गर्दै स्थानीय उत्पादन तथा रोजगारीलाई अगाडि बढाउने विश्वास गरिएको छ।

धेरै पढिएको

ताजा समाचार