सामुदायिक र धार्मिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो स्विटर


कपिलवस्तु , ५ पाैष ।कपिलवस्तुकाे शिवराज नगरपालिका-३ का वडा अध्यक्ष टेकलाल सापकोटाले सामुदायिक र धार्मिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो स्विटर वितरण गर्नु भएको छ । वडाकाे कार्यक्रम अनुसार वडाभित्र रहेका सबै सामुदायिक र धार्मिक विद्यालयका विद्यार्थीलाई न्यानो स्विटर वितरण कार्यक्रम राखिएको वडा अध्यक्ष टेकलाल सापकोटाले बताउनुभयो ।

धर्मज्याेति आधारभूत विद्यालय भितरीयामा विद्यार्थीलाई स्विटर वितरण गर्दै यस्तो बताउनुभएकाे हाे । वडाभित्र अध्ययनरत ७ सय ४० जना विद्यार्थीलाई स्विटर उपलब्ध गराउने उहाँले बताउनुभयो ।

धेरै पढिएको

ताजा समाचार