
कपिलवस्तु-नेपाल राष्ट्रिय शिक्षक संगठन शिवराज नगर समितिको चौथो नगर अधिवेशनबाट सर्वसम्मत रूपमा अध्यक्ष पदमा प्रकाश अधिकारी निर्वाचित हुनु भएको छ ।त्यस्तै उपाध्यक्षमा सहजराम यादव, उपाध्यक्ष (महिला)मा पवित्रा पराजुली, सचिवमा देवीराम पाण्डे, सहसचिवमा भक्ति पौडेल, कोषाध्यक्ष कमला शर्मा, सहकोषाध्यक्ष तिलमाया भण्डारी तथा सदस्यहरू अञ्जना अधिकारी, डिला पौडेल, लेखनाथ खनाल, लक्ष्मी घिमिरे, सरस्वता अधिकारी, यमुना अर्याल, हेमराज पाठक, हुमकान्त खनाल, सुनिल पुन, अजय प्रकाश चौबे, तुल्सा मरासिनी, बब्बु प्रसाद चौधरी लगायत निर्वाचीत हुनु भएको छ ।
अधिवेशनमा एमाले लुम्बिनी प्रदेश सदस्य नेत्रराज अधिकारी , अर्जुन केसि ,एमाले शिवराज अध्यक्ष महादेव पोखरेल ,नेपाल राष्ट्रिय शिक्षक संगठन प्रदेश सदस्य झविलाल भण्डारी ,नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला अध्यक्ष रमेश पन्थी , राहत शिक संगठन केन्द्रिय सचीव शान्ती क्षेत्रीलगायतले शुभकामना दिनु भएको थियो ।
नेपाल राष्ट्रिय शिक्षक संगठन शिवराजका अध्यक्ष गिरि प्रसाद गैरेको अध्यक्ष ,सचीव देविराम पाण्डेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।