वडा भित्रका ७४० विद्यार्थीलाई न्यानो स्वीटर वितरण


केशव बेल्वासे – कपिलवस्तु,

कपिलवस्तुको शिवराज नगरपालिका वडा नं। ३ मा ७४० जना विद्यार्थीलाई न्यानो स्वीटर वितरण गरिएको छ। वडाको बार्षिक कार्यक्रम अन्तरगत जाडो मौसमलाई लक्षित गर्दै वडा भित्रका सबै सामुदायिक र धार्मिक विद्यालयका बालबिकासदेखि कक्षा ५ सम्म अध्ययन गर्ने विद्यार्थीलाई न्यानो स्वीटर वितरण गरिएको वडा अध्यक्ष टेकलाल सापकोटाले जानकारी दिनुभयो।

यस कार्यक्रमले चिसो मौसममा विद्यार्थीहरूको शारीरिक स्वास्थ्य र शिक्षा दुवैमा सकारात्मक असर पार्ने अपेक्षा गरिएको छ। विशेष गरी गरिब र अप्ठ्यारो परिस्थितिमा अध्ययनरत बालबालिकाका लागि यो एक सहायक कदम बनेको छ, जसले उनीहरूको मनोबल बढाउन र स्वास्थ्य सुधार गर्न मद्दत पुर्याउने विश्वास वडा अध्यक्ष सापकोटाले व्यक्त गर्नुभयो।

धेरै पढिएको

ताजा समाचार