
चन्द्रौटा -कपिलवस्तुकाे कृष्णनगर उद्योग वाणिज्य संघकाे अध्यक्ष पदमा त्रिकोणात्मक भिडन्त देखिएकाे छ । अध्यक्ष पदमा गुरु शरण सिंह, राम कुमार काैलापुरी, रितेश शर्मा, शंकर प्रसाद शर्मा र श्रवण कुमार सुरेकाले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।
संघकाे अध्यक्ष पदका लागि ५ जनाकाे उम्मेवारी दिए पनि
उद्योग वाणिज्य संघकाे पुर्व अध्यक्ष रहेका गुरु शरण सिंह, निवर्तमान अध्यक्ष राम कुमार काैलापुरी र रितेश शर्माबीच त्रिकोणात्मक भिडन्त देखिएकाे छ ।
गुरु शरण सिंहले पुर्व अध्यक्ष भएर वाणिज्य संघलाई व्यवस्थित ढंगले चलाएकाे दावी गरेका छन् । निर्वतमान अध्यक्ष राम कुमार काैेलापुरीले व्यापारीकाे हकअधिकारका लागि उल्लेखनीय भूमिमा निर्वाह गरेकाे हुँदा फेरि अध्यक्ष पदमा उम्मेदवारी दिएर अझै राम्रोसँग संघलाई अगाडी बढाउने उनको भनाइ छ ।
काैलापुरीलाई अध्यक्षमा जिताउन सांसद मंगल प्रसाद गुप्ताले समर्थनकाे रहेकाे स्रोतले जनाएको छ । त्यसैगरी रितेश शर्माले पनि अध्यक्ष पद लागि जाेडदार ढंगले लागेका छन् । उद्योग वाणिज्य संघलाई याेजना अनुसार व्यापारी र व्यवसायीकाे संरक्षण र प्रवर्द्धन हिसाबले अगाडी बढाउने उनको भनाइ छ । रितेश शर्मालाई नेकपा एमाले युवा नेता कुनाल प्रताप शाहकाे समर्थन रहेकाे स्राेतले जनाएको छ ।
उम्मेदवारहरुकाे अन्तिम नामावली प्रकाशित भएपछि उम्मेदवारहरु मतदाताबीच हाेमिएका छन् ।