नवौं चन्द्रौटा महोत्वसको ५ सय सदस्यीय मुल आयोजक समिती गठन


कपिलवस्तु -व्यापार संघ कपिलवस्तुको आयोजनामा आगमी माघ ९ गते देखि २० गते सम्म संचालन हुन गइरहेको नवौं कृषि पर्यटन तथा औद्योगिक व्यापार महोत्वसको मुल आयोजक समिती गठन भएको छ ।

व्यापार संघ कपिलवस्तुको अध्यक्ष महादेव पोख्रेलको संयोजकत्वमा ५ सय सदस्यीय मुल आयोजक समिती गठन गरिएको महासचिव गोपाल बन्जाडेले जानकारी दिनुभएको छ ।महोत्सवलाई सफल पार्नका लागी ३० वटा उपसमिती गठन गरिएको उहांले बताउनुभयो ।

कार्यक्रममा महोत्सवलाई सफल पार्नका लागी जन प्रतिनिधी,स्थानिय व्यापारी,उद्योगी, राजनितिक दलका प्रतिनिधी, संचारकर्मीको उपस्थितीमा समिती गठन गरिएको हो ।

आज भएको भेलालाई सम्वोधन गर्दै उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य जमशेर अलि मियांले महोत्सव यस क्षेत्रको चिनारी रहेकोले यसलाई सफल पार्नु सबैको दायित्व रहेको बताउनु भयो ।

उहांले महोत्सवबाट नयापन भित्राउनु पर्ने बताउंदै यो महोत्सव सवैको साझा कार्यक्रम हो भन्ने सन्देश दिन सबै आ आफ्नो क्षेत्रबाट लाग्न सुझाव दिनुभयो ।

सोही कार्यक्रमलाई सम्वोधन गर्दै कृषि उत्पादनलाई विशेष प्राथामिकता दिनुपर्ने वडा अध्यक्ष नेत्र प्रसाद बेल्वासेले बताउनु भयो ।

मेला महोत्सवले पर्यटन प्रवद्धनमा टेवा पुग्ने भएकाले महोत्सवमा आउने राष्ट्रिय स्तरका कलाकारहरुलाई यस क्षेत्रमा रहेका विभिन्न पर्यटकिय स्थानहरुमा अवलोकन गराउनु पर्ने चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष इश्वरी प्रसाद पाण्डेले बताउनु भयो ।

महोत्सवलाई सफल पार्नका लागी उद्योग वाणिज्य संघको हरेक क्षेत्रबाट सहयोग रहने उहांले बताउनु भयो ।
कार्यक्रममा होटेल व्यावसायी संघका अध्यक्ष लेखनाथ घर्ती,राष्ट्रिय मानव अधिकार प्रतिवठान कपिलवस्तु जिल्ला अध्यक्ष विष्णु प्रसाद खतिवडा, नेपाली कागेंसका जिल्ला उपसभापती हुमकान्त खनाल,लगाएतले महोत्सवको सफताको शुभकामना दिनुभएको थियो ।

कृषि उद्योग पर्यटन र व्यापार स्थानिय उत्पादनको प्रयोग रोजगारको मुख्य आधार भन्ने मुल नाराका साथ संचालन हुन गइरहेको महोत्सवले उद्योग, व्यापार,व्यावसायहरुका साथै स्थानीय कृषि जन्य उत्पादन र उत्पादित वस्तुहरुको प्रचार प्रसार एवंम व्यावसायीकरण गर्ने मुख्य उदेश्य राखिएको महोत्सव मुल आयोजक समितीका संयोजक महादेव पोख्रेलले बताउनु भयो ।

स्थानिय संस्कृति, खेलकुद, पर्यटन संगै उद्यमशिलतालाई प्रवर्दधन गरि समुदायमा आपसी एकता र विश्वासको भावना फैलाउने उहांले बताउनु भएको हो ।

धेरै पढिएको

ताजा समाचार