
कपिलवस्तु -नेपाल पत्रकार महासंघ कपिलस्तु शाखाका नव निर्वाचित पदाधिकारी र सदस्यहरूलाई ब्यापार संघ कपिलवस्तुले सम्मान गरेको छ ।
ब्यापार संघ कपिलवस्तुले महासंघको हालै सम्पन्न भएको निर्वाचनबाट निर्वाचित पदाधिकारी र सदस्यहरूलाई दोसल्ला ओढाएर सम्मान गरेको हो ।
नेपाल पत्रकार महासंघ कपिलवस्तुका नवनिर्वाचित अध्यक्ष डिलाराम भुसालले ब्यापार संघबाट सम्मानित हुन पाउँदा खुसी महसुस भएको बताउनु भएको थियो । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ कपिलवस्तुलाई उत्कृष्ट बनाउने गरि अघि बढ्र्ने बताउनु भयो ।
ब्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोखरेलले शिवगढीकाे तस्वीर अंकित मायाको चिनो सहित खादा लगाएर ब्यापार संघको कार्यालय चन्द्रौटामा एक समारोह बीच पत्रकारहरूलाई सम्मान गरिएको हो ।
कार्यक्रममा व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोखरेलले पत्रकारहरू समाजको वास्तविक आवाज बन्नु पर्ने बताउनु भयो । पत्रकारले निष्पक्षता र सत्यतामा आधारित कलमले हाम्रो क्षेत्रको प्रगति र समृद्धिमा सहयोग पुग्ने बताउनु भयो । व्यापार र पत्रकारिताबीचको सहकार्यले सकारात्मक परिणाम दिने गरि पत्रकारले कलम चलाउन समेत आग्रह गर्नु भयो ।
सम्मान कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य विकास बन्जाडे, कपिलवस्तु जिल्ला दीपा महत, सचिव सनिउल्ला धोबी, सदस्यहरू बाबुराम रायमाझी, माधव बेलबासे,राम प्रघट कोरिलगायत सहभागी रहनु भएको थियो ।
सम्मान कार्यक्रममा ब्यापारसंघ कपिलवस्तु जिल्ला उपाध्यक्ष प्रेमकला पौडेल ,साहिद खां ,सचीव शिशिर पोख्रेल , सदस्यहरु रेश्मा पाण्डे ,ढुना पन्थी ,सदस्य प्रकाश चौधरीलगायतले नवनिर्वाचित पत्रकार टिमलाई सम्मान गर्नु भएको थियोे ।