
टुडेपत्र, कपिलवस्तु -कपिलवस्तुको शिवराज नगरपालिकामा रहेको मनकामना सामुदायिक वन उपभोक्ता समिति माथि अविश्वासको प्रस्ताव दर्ता भएको छ ।
वनका पदाधिकारीहरूले गैरकानुनी क्रियाकलाप र आर्थिक चलखेल गरेको आरोप लगाउँदै स्थानीयले अविश्वासको प्रस्ताव दर्ता गरेका छन् ।
मनकामना सामुदायिक वनका अध्यक्ष रामबहादुर केसी लगायतका पदाधिकारीहरूले समयमा साधारण सभा नगर्ने एकलौटी रुपमा पेलेर गएको भन्दै स्थानीयले अविश्वासको प्रस्ताव दर्ता गराएकाछ्न ।
असन्तुष्टि पक्षले सब डिभिजन वन कार्यालय शिवपुरमा अविश्वासको प्रस्ताव दर्ता गरेको सहायक बन्न अधिकृत ओली मोहम्मद राइनीले बताउनुभयो ।
वनका साधारण सदस्यहरूको हस्ताक्षर सहित अविश्वासको प्रस्ताव गरी दर्ता गरिएको छ ।
अविश्वासको प्रस्ताव दर्ता भएपछि बार्तमान समिति विघटन गर्ने प्रक्रिया अगाडि बढेको डिभिजन वन कार्यालय गौतम बुद्धका प्रमुख राजु क्षेत्रीले बताउनु भयो ।