
कपिलवस्तु -कपिलवस्तुको बाणगंगा नगरपालिका- ९ भर्तापुरकी ६ वर्षीय बालिका माहिरा विश्वकर्मा पछिल्लो छ महिनादेखि क्यानसर रोगसँग लडिरहेकी छन् । उनको उपचारमा आर्थिक अभाव भएपछि थप उपचारमा समस्या भएको छ ।मनु बिश्वकर्माकी ६ वर्षीय छोरी माहिरा ‘बोनम्यारो’ क्यान्सरबाट पिडित भएकी हुन । उनको हाल काठमाण्डौस्थित पाटन अस्पतालमा उपचार भइरहेको छ । बिगत ६ महिना देखि विभिन्न अस्पतालहरुमा उपचार गर्दा रोग निको नभई हाल पाटन अस्पताल काठमाडौंमा उपचार भइरहेको उनका परिवारले बताएका छन् ।
माहिराको उक्त रोगको उपचारका क्रममा हालसम्म ३० लाख भन्दा धेरै रकम खर्च भएको र पारिवारिक स्थिति थप जटिल बन्दै जाँदा उनको उपचारमा समस्या भएको छ ।
उपचारका क्रममा हाल दिनहुँ जसो रगत दिनु पर्ने र थप उपचारका लागि जतिसक्दो छिटो बोनम्यारो ट्रान्सप्लान्ट गर्न छिमेकी देश भारतमा लैजान चिकित्सकले सुझाएपछि बालिकाका परिवार अहिले थप चिन्तामा परको छन् ।
छोरीको उपचारका ठूलो रकम खर्च भइसकेका कारण थप उपचारमा आफ्नो आर्थिक अवस्था कमजोर भएका विश्वकर्मा परिवारले दाताहरूसँग सहयोग मागेका हुन । उद्योगी व्यापारी बुद्धिजीवी, नागरिक समाज लगायत सहयोग दिन सक्ने सबैपक्षसँग उनले आफ्नो छोरिको जीवन रक्षाको अनुनय गरेका छन् ।
सहयोग गर्न इच्छुकहरूले बालिकाको आमा रुपा सुनारको नाममा रहेको एनआईसी एसिया बैङ्कमा रहेको खाता नं. २५६५७५१४९६३८५००१ मा सहयोग प्रदान गर्न सकिने छ, साथै परिवारसँग थप जानकारी लिन ९८६६५६३८१४ मा बिरामीको आमा रुपा सँग पनि सम्पर्क गर्न सकिने छ ।