
शिवराज, कपिलवस्तु – नेकपा एमाले शिवराज नगरपालिका वडा नं. ८ को दोस्रो वडा अधिवेशन आइतबार सम्पन्न भएको छ। अधिवेशनले गौरीलाल यादवको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी गठन गरेको छ।
कमिटीमा सकटु यादव उपाध्यक्ष, अर्जुन पासी सचिव, राधेश्याम विश्वकर्मा र सिरमला पासि उपसचिव चयन भएका छन्। त्यस्तै, सदस्यहरूमा युवराज पाण्डे, रमेश यादव, शिव कुमार पासी, पंचराम पासी, शुक्ररराज पासी यादव, धनश्याम यादव, झिन्कन पासी, मुस्तकिम खान, राजेश पासी, गुड्डु पासी, शिव पूजन चौधरी, जगदीश कोरी, पवन पुरी, चैतराम पासी, धर्मराज पासी र भगवती पासी चयन भएका छन्।
वडा अधिवेशनको प्रमुख अतिथि शिवराज नगर कमिटीका अध्यक्ष महादेव पोखरेलले अधिवेशनलाई सम्बोधन गर्दै “यो अधिवेशनले पार्टी संगठनलाई थप मजबुत बनाउँदै विकास र समृद्धिका लागि जनताको विश्वास जित्न महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो । कार्यक्रममा जिल्ला कमिटी सदस्य आनन्द कुमार शुक्ला, वडा नं. १ का अध्यक्ष खिम बिक्रम केसी, शिवराज सचिव रोशन एमसी, सदस्य दीपक पौडेल, शंकर अहिरलगायतको उपस्थिति रहेको थियो।
अधिवेशनले संगठन सुदृढीकरण, पार्टी विस्तार र स्थानीय स्तरमा जनताको विश्वास जित्ने उद्देश्यले नयाँ नेतृत्व चयन गरेको बताइएको छ।