
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ५ मा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । छन्द (काले बाबु) नारायणी आँखा अस्पताल, बहादुरगञ्जको प्राविधिक सहयोगमा आयोजना गरिएको हो । शिविरले स्थानीय बासिन्दाका लागि निःशुल्क आँखा जाँच र उपचार सेवा उपलब्ध गराएको हो ।
शिविरबाट ४ सय ५५ जनाले सेवा लिएको शिवराज नगरपालिका वडा नं ५ का अध्यक्ष नेत्र बेल्बासेले जानकारी दिनु भयो । तीमध्ये ५३ जनामा मोतियाविन्दुको समस्या देखिएको छ ।
“मोतियाविन्दुको समस्या देखिएका सबै बिरामीको छिटै शल्यक्रियाको व्यवस्था गरिनेछ, वडाअध्यक्ष बेल्बासेले जानकारी दिनुभयो । निशुल्क आखाँ शिविरमा १९४ जना पुरुष र २६१ ज्ना महिलाले सेवा लिएका छन ।
शिविरमा आँखा समस्या भएका १ सय ११ जनालाई निःशुल्क चश्मा वितरण गरिएको थियो । यस्तै, सामान्य आँखा संक्रमण, दृष्टि कमजोर हुने समस्या र अन्य आँखासम्बन्धी समस्याका लागि औषधि वितरण गरिएको छ ।
स्थानीय तहको समन्वयमा आयोजित यो शिविरले स्वास्थ्य सेवा पहुँचविहीन क्षेत्रका नागरिकहरूलाई नजिकैबाट सेवा उपलब्ध गराउने लक्ष्य राखेको स्थानीय अगुवाले जनाएका छ्न ।
शिविरमा सेवा लिन आएका स्थानीय बासिन्दाले यो कार्यक्रमप्रति आफ्नो खुसी व्यक्त गरेका छन् ।
“हामीजस्तो निम्न आय भएका मानिसका लागि यो शिविर ठूलो राहत हो । आँखा जाँच गर्न टाढा जानु पर्ने बाध्यता यसले हटाएको छ,” शिविरमा सेवा लिन आएका स्थानीय सेवाग्राहीले बताए ।
शिवराज नगरपालिका वडा नं ५ ले यस प्रकारका स्वास्थ्य कार्यक्रमलाई निरन्तरता दिने योजना बनाएको छ ।
शिविरले विशेषगरी वृद्धवृद्धा, महिला, र बालबालिकालाई ठूलो लाभ पु¥याएको छ । ग्रामीण क्षेत्रका नागरिकहरूको स्वास्थ्यमा सुधार ल्याउन यस्ता कार्यक्रमले दीर्घकालीन असर पार्ने स्थानीय स्वास्थ्यकर्मीहरूको विश्वास छ ।
यो शिविरले शिवराज नगरपालिकाको समाजसेवामा थप प्रभावशाली योगदान पु¥याएको छ। यस्ता कार्यक्रमले नागरिकलाई निःशुल्क र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै स्थानीय सरकारप्रतिको विश्वास बढाउन मद्दत पुग्नेछ