शिवराज ५ मा अधुरा योजना सम्पन्न, स्थानीय खुशी


कपिलवस्तु -शिवराज नगरपालिकामा स्थानीयवासीको माग अनुसार विभिन्न स्थानमा नाली निर्माण र अधुरो बाटोको पिसिसी ढलान सम्पन्न भएको छ। सम्पन्न योजनाहरूमा कटनिया केदार न्यौपानीको घरदेखि पूर्व दक्षिणतर्फको अधुरो बाटो, कृष्णनगर जाने बाटोको पश्चिम सिला पाण्डेको घरसम्मको बाटो, वडा कार्यालयको पूर्वतर्फ नाली निर्माण, कणेश्वरी मन्दिरको पूर्वतर्फको बाटो, तथा नौडिहवा प्रदीप थामीको घरको दक्षिणतर्फको नाली निर्माण सम्पन्न भएका छन्।

उक्त योजनाको आज अनुगमन शिवराज नगरपालिकाका उपप्रमुख शिवकुमार चौधरी, वडा अध्यक्ष नेत्र बेल्बासे, र इन्जिनियर राम्जी थापा नेपालीले गर्नुभएको हो। अनुगमनका क्रममा स्थानीयवासीले योजनाको समयमै सम्पन्न भएकामा खुसी व्यक्त गरेका छन्।

निर्माण सम्पन्न भएका योजनाहरूमा ४०२ मिटर नाली र ३४७ मिटर पिसिसी ढलान गरिएको छ। योजनाको सफल कार्यान्वयनले नगरवासीलाई दैनिक जीवनयापनमा सहजता ल्याउनुका साथै, विकासका कार्यमा जनताको सहभागितालाई प्रोत्साहन गरेको छ ।

 

धेरै पढिएको

ताजा समाचार