
कपिलवस्तु -नबौं चन्द्रौटा महोत्सवको तयारीमा जुटेको ब्यापार संघ कपिलवस्तु आज नगर भित्ररहेका कृयाशिल संघसस्था,युवा क्लब सहकारी संस्थाहरुसंग छलफल गरेको छ।
माघ ९ गते देखि २० गते सम्म संचालित महोत्सवको सन्दर्भमा व्यापार संघ कपिलवस्तुले आज शिवराज नगरपालिकाभित्र सक्रिय संघसंस्था र सहकारी संस्थाहरूसँग महोत्सवको बारेमा विशेष छलफल गरेको छ।
कार्यक्रममा व्यापार संघका अध्यक्ष एवम् महोत्सव आयोजक समिति संयोजक महादेव पोखरेलले महोत्सवलाई सफल बनाउन सबै क्षेत्रको सहभागिताको आवश्यकता रहेको बताउंनु भयो । उहांले महोत्सवले स्थानीय व्यापार प्रवर्द्धनका साथै सांस्कृतिक, आर्थिक, र सामाजिक गतिविधिहरूलाई समेत अघि बढाउने बताउनु भयो।
चन्द्रौटा महोत्सव हाम्रो व्यापारिक गतिविधिलाई प्रवर्द्धन गर्ने मात्र नभई यहाँका कला, संस्कृति, र सामुदायिक आत्मीयतालाई एक ठाउँमा ल्याउने अवसर हो। यसलाई सफल बनाउन सबै संघसंस्था, सहकारीहरू, र स्थानीय नागरिकको साथको आवश्यकता रहने उहांले बताउनु भयो ।
छलफल कार्यक्रममा सहभागी संघसंस्था र सहकारीका प्रमुख तथा प्रतिनिधिहरूले महोत्सवलाई अझ व्यवस्थित र प्रभावकारी बनाउ सहकार्य र एकताका साथ महोत्सवलाई भव्य र सफल बनाउन आवश्यक पहल गर्ने प्रतिबद्धता जनाउनु भएको थियो । छलफलमा महोत्सव आयोजक समिति सह संयोज जगत प्रसाद पौडेलको स्वागत मन्तव्य ,प्रबक्ता गोपाल बन्जाडेको संचालनमा भएको कार्यक्रममा महोत्सव उद्घाटन तथा समापन उप समिति संयोजक प्रेमकला पौडेल , स्टल उप समिति संयोजक नमराज न्यौपाने ,विधुत तथा खानेपानी उप समिति संयोजक गोबिन्द ढुंगाना,छपाई तथा प्रकाशन उप समिति संयोजक प्रकाश चौधरी लगायतको सहभागीता रहेको थियो ।
।।