
कपिलवस्तु -आगामी माघ ९ गतेदेखि २० गतेसम्म सञ्चालन हुने नवौं चन्द्रौटा महोत्सवलाई भव्य र सभ्य बनाउन महोत्सव आयोजक संस्था व्यापार संघ कपिलवस्तुले शिवराज नगरपालिका भित्रका माध्यमिक तहका सामुदायिक र संस्थागत एवम धार्मिक विद्यालयसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
उक्त अन्तरक्रियामा नगरभित्रका माध्यमिक विद्यालयका प्रधानाध्यापकहरूको सक्रिय सहभागिता रहेको थियो। छलफलका क्रममा प्रधानाध्यापकहरूले महोत्सवलाई सफल बनाउन भौतिक र नैतिक रूपमा हरसम्भव सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।
कार्यक्रमका व्यापार संघ कपिलवस्तुका अध्यक्ष एवम महोत्सव आयोजक समिति संयोजक महादेव पोखरेलले विद्यालयहरूको सहकार्य महत्त्वपूर्ण हुने बताउनु भएको थियो ।
सहभागी प्रधानाध्यापकहरूले महोत्सवमा विद्यार्थीहरूलाई समेत संलग्न गराउने योजना र सांस्कृतिक गतिविधिमा सहभागितामा जोड दिने बताउनु भयो । कार्यक्रममा महोत्सव उप समिति सह संयोजक जगत पौडेल , प्रवक्ता गोपाल बन्जाडे, उद्घाटन समापन उप समिति संयोजक प्रेमकला पौडेल सचिवालय निर्माण एवम सजावट उप समिति संयोजकमा ढुना पन्थी , दैनिक पास बितरण उपसमिति संयोजक नारायण आचार्य , शैक्षिक संघ संस्था एवम गैरसरकारी संस्था परिचालन उप समिति संयोजक सिताराम चौधरीलगायतको सहभागिता रहेको थियो ।