कपिलवस्तु – कपिलवस्तुमा सुकुम्बासी समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष हरि रिजालले सुकुम्बासी समुदायका समस्या प्रत्यक्ष रूपमा बुझ्न विशेष भेटघाट गर्नुभएको छ। शिवराजमा अध्यक्ष रिजालसहित आयोगका केन्द्रीय सदस्यहरू र विज्ञ सदस्यहरूको टोलीले सुकुम्बासी समुदायसँग छलफल गरी समस्या समाधानका उपायहरूबारे सुझाव संकलन गरेका थिए।
नेकपा एमाले लुम्बिनी प्रदेशका सदस्य नेत्रराज अधिकारी, एमाले शिवराजका अध्यक्ष महादेव पोखरेल, र सुकुम्बासी समुदायका प्रतिनिधिहरूले कार्यक्रममा विशेष उपस्थिति जनाएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष हरि रिजालले सुकुम्बासी समस्या दीर्घकालीन र संवेदनशील विषय रहेको बताउनु भयो । यसलाई कानूनी र व्यावहारिक उपायहरूमार्फत न्यायोचित समाधान गर्न हामी प्रतिबद्ध रहेको बताउनु भयो ।
एमाले लुम्बिनी प्रदेश सदस्य नेत्रराज अधिकारीले आफ्नो धारणा राख्दै सुकुम्बासी समुदायको समस्या समाधानका लागि सबै तहका सरकार, राजनीतिक दल, र आयोगको समन्वय आवश्यक रहेको बताउनु भयो ।
भेट वार्यामा एमाले शिवराज अध्यक्ष महादेव पोखरेलले सुकुम्बासी समुदायको अधिकार सुरक्षित गर्न एमाले सदैव अग्रसर रहेको भन्दै एमाले सरकार भएको समयमा भुमिहिन समस्या समाधान हुनु पर्ने बताउनु भयो।









