व्यापार संघ कपिलवस्तुद्वारा उपाध्यक्ष खाँकी माताको निधनमा शोक व्यक्त


कपिलवस्तु -व्यापार संघ कपिलवस्तुले संस्थाका उपाध्यक्ष साइद खाँकी ममतामयी माता बदरुन निशाको ९५ वर्षको उमेरमा भएको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ। दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै संघले शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गरेको छ।

संस्थाका अध्यक्ष महादेव पोखरेलले माताको निधनप्रति संघ स्तब्ध भएको उल्लेख गर्दै, माताको स्मृतिलाई सधैं सम्झना गरिने बताए। संघले दिवंगत आत्माको श्रद्धाञ्जलीसहित शोक सन्देश जारी गरेको छ।

धेरै पढिएको

ताजा समाचार