सिदार्थ सामाजिक विकास केन्द्रद्धारा कृषकलाई कृषि प्रविधि तथा अनुदान सहयोग


कपिलवस्तु –
सिदार्थ सामाजिक विकास केन्द्र कपिलवस्तुले कृषकहरूलाई हरित कृषि प्रवद्र्धनका लागि कृषि प्रविधि र अनुदान सहयोग प्रदान गरेको छ। विषादी रहित कृषि उत्पादनको प्रोत्साहन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा शिवराज नगरपालिका वडा नं ४, १० र ११ बाट ५२ जनालाई अनुदान वितरण गरिएको हो। जसमा २२ जना कृषकलाई रु ५ लाख भन्दा बढी अनुदान प्रदान गरीएको कार्यक्रम संयोजक अजय चौधरीले जानकारी दिनुभयो ।

कार्यक्रम सूर्य कुमारी शाहीको अध्यक्षतामा र शिवराज नगरपालिका नगर प्रमुख अजय थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा शिवराज कृषि शाखा प्रमुख तारा शर्मा, संस्थागत प्रतिनिधि रोम कान्त शर्मा र वडा नं ४ का वडा अध्यक्ष नसिब अहमद खाँ लगायतको आतिथ्यता रहेको थियो ।

नगर प्रमुख अजय थापाले अपाङ्गता भएका व्यक्तिहरूसम्म सहयोग पुर्याएकोमा सिदार्थ सामाजिक विकास केन्द्रलाई धन्यवाद दिँदै कृषि प्रविधिको उपयोगले सकारात्मक प्रभाव पारेको बताएका थिए।

कार्यक्रममा विषादी रहित खेतीका फाइदाबारे पनि सहभागीहरूलाई जानकारी दिइएको थियो। उक्त कार्यक्रमले कृषकहरूलाई नवीनतम कृषि प्रविधि अपनाउन प्रोत्साहित गर्ने महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

धेरै पढिएको

ताजा समाचार