
कपिलवस्तु –
नवौं चन्द्रौटा कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सवमा आज बिहीबार चर्चित लोक तथा दोहोरी गायिका सुनिता मि परीयार, लोक तथा दोहोरी गायक कुशल बेल्वासे, थारु गायक उत्तम चौधरी, भोजपुरी गायक रमा शंकर राय लगायतका कलाकारहरूको प्रस्तुति रहने महोत्सवका सांस्कृतिक संयोजक दीपक पौडेलले जानकारी दिनुभयो। साथै, जेडीसी ग्रुपको डान्स, नवौं चन्द्रौटा डान्स आइडल, गायन प्रतियोगिता, आमा समूहस्तरीय डोरी तान प्रतियोगिता पनि हुने आयोजकले जानकारी गराएका छन्।
“कृषि, पर्यटन, उद्योग र व्यापारस् स्थानीय उत्पादनको प्रयोग, रोजगारको मुख्य आधार” भन्ने नारासहित व्यापार संघ कपिलवस्तुले आयोजना गरेको यो महोत्सव माघ २० गतेसम्म चल्नेछ। महोत्सवमा २०० भन्दा बढी स्टल रहेका छन्।