चन्द्रौटा महोत्सवमा आज कुलेन्द्र वि।क र सीर्जना खत्रि आउँदै


कपिलवस्तु –

नवौं चन्द्रौटा कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सवमा आज आइतबार चर्चित लोक तथा दोहोरी गायक कुलेन्द्र वि।क र सीर्जना खत्रि सहित राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहने महोत्सवका सांस्कृतिक संयोजक दीपक पौडेलले जानकारी दिनुभयो। महोत्सवको पाचौँ दिन आज सालको पात टपरी हुनी नहुनी सल्लैको लगायत थुप्रै लोकप्रिय गीत गाउने सफल गायक कुलेन्द्र वि।क, हाउडे माया लगायतका चर्चित गीत गाउने गायिका सीर्जना खत्रि, लोक तथा दोहोरी गायक शिब खनाल, डान्सर आरुसी मगर लगायतको प्रस्तुति रहने पौडेलले जानकारी दिनुभयो।

साथै, जेडीसी गुरुपको डान्स, नवौं चन्द्रौटा डान्स आइडल, गायन प्रतियोगिता, आमा समूहस्तरीय डोरी तान प्रतियोगिता समेत हुने आयोजकले जनाएको छ।

“कृषि, पर्यटन, उद्योग र व्यापार, स्थानीय उत्पादनको प्रयोग, रोजगारको मुख्य आधार” नाराका साथ व्यापार संघ कपिलवस्तुले आयोजना गरेको यो महोत्सव माघ २० गतेसम्म चल्नेछ। महोत्सवमा २०० भन्दा बढी स्टलहरू, बाल उद्धान समेत रहेका छन्।

धेरै पढिएको

ताजा समाचार