एमाले शिवराज वडा नं. ३ द्वारा श्रद्धाञ्जली सभा सम्पन्न


नेकपा (एमाले) शिवराज वडा नं. ३ द्वारा आयोजित श्रद्धाञ्जली सभा सम्पन्

कपिलवस्तुको मदवामा नेकपा (एमाले) शिवराज वडा नं. ३ का कमिटी अध्यक्ष नर बहादुर पौडेलकी ममतामयी माताको ९औं दिनको पुण्य तिथिमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ। वडास्तरीय कमिटीद्वारा आयोजित उक्त कार्यक्रममा स्वर्गीय आमाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरियो।

कार्यक्रममा एमालेका विभिन्न नेताहरूको उपस्थितिले कार्यक्रमलाई विशेष महत्व दिएको थियो। सहभागी नेताहरूमा प्रदेश सदस्य नेत्रराज अधिकारी, पूर्व मन्त्री अर्जुन कुमार केसी, जिल्ला सचिव सिबि गहतराज, र शिवराज नगर कमिटी अध्यक्ष महादेव पोखरेल लगायतका नेताहरू रहेका थिए।

कार्यक्रममा स्वर्गीय आमाको योगदान र परिवारको समाजप्रति देखाएको सेवाभावको स्मरण गर्दै श्रद्धाञ्जली व्यक्त गरियो। कार्यक्रममा स्थानीय तहका अन्य नेताहरू, कार्यकर्ता, र जनसमुदायको उत्साहजनक उपस्थिति रहेको थियो।

 

धेरै पढिएको

ताजा समाचार