पुनरउत्पादन कटान प्रशिक्षण कार्यक्रम


शिवराज नगरपालिका वडा नं. ३ मा डिभिजन बन कार्यालयको प्राविधिक सहयोगमा देबिस्थान सामुदायिक बन उपभोक्ता समूहको आयोजनामा पुनरउत्पादन कटान प्रशिक्षण कार्यक्रम सुरु भएको छ। तालिमको समापन सत्रमा बोल्दै डिभिजन बन कार्यालय गौतमबुद्ध कपिलबस्तुका प्रमुख राजु क्षेत्रीले बनका कर्मचारी र सामुदायिक बनले पुनरउत्पादन कटानका बारेमा कसरी काम गर्ने भन्ने विषयमा तीन दिनसम्म थ्योरी कक्षा सञ्चालन भएको र तेस्रो दिनदेखि कटान प्रक्रिया सुरु भएको जानकारी दिनुभयो।

यो कार्यक्रम चैत्र मसान्तसम्म चल्ने बताउनु भयो।

त्यस्तै, वरिष्ठ बन अधिकृत ओली मोहम्मद राइनले अहिलेबाट सुरु भएको कटान कार्यक्रम चैत्र मसान्तसम्म जारी रहने बताउँदै पहिलो चरणमा १२३ वटा रुख कटान हुने जानकारी दिनुभयो। यसैगरी, माउ रुखहरूलाई जोगाउन सेतो घेराको निसाना लगाएर सुरक्षित गरिएको पनि बताउनुभयो।

धेरै पढिएको

ताजा समाचार