
माघ १५ –
नवौं चन्द्रौटा कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सवमा आज मंग्लवार चर्चित लोक तथा दोहोरी गायिका प्रिति आले , लोक तथा दोहोरी गायक बिदान कार्की , लोक गायक चित्र श्रीपाली तथा हास्य कलाकार पुर्खे बा को बेजोड प्रस्तुति रहने महोत्सवका सांस्कृतिक संयोजक दीपक पौडेलले जानकारी दिनुभयो।
माघ ९ गतेदेखि सुरु भएको नवौं चन्द्रौटा कृषि,पर्यटन तथा औद्योगिक व्यापार महोत्सवमा दिनहुँजसो कलाकारले दर्शकलाई मनोरञ्जन दिएका छन् । सोमबार चर्चित गायक रुपक डोटेल,चर्चित गायिका मन्जु भट्टराई , अन्जु कुस्मी ,थारु गायक उत्तम चौधरि ,भोजपुरी गायक कपिल्देव लगायतका कलाकारहरूको बेजोड प्रस्तुतिले दर्शकको घुइँचो रहेकोे थियो ।
साथै जेडीसी डान्स ग्रुप ,चन्द्रौटा डान्स आइडल, गायन प्रतियोगिता, दैनिक रहेकोे छ । महोत्सवमा दैनिक बिहान २ घन्टा योगा सत्र चलिरहेको छ । २०० भन्दा बढी स्टल रहेको महोत्सवमा ३ लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने लक्ष्य राखिएको छ ।“कृषि, पर्यटन, उद्योग र व्यापार स्थानीय उत्पादनको प्रयोग, रोजगारको मुख्य आधार” भन्ने नाराका साथ व्यापार संघ कपिलवस्तुले आयोजना गरेको महोत्सव माघ २० गतेसम्म चल्नेछ ।