
कपिलवस्तु – लोक तथा दोहोरी गायक दिपक भण्डारीको हस्त मायालु सार्वजनिक भएको छ । दिपक भण्डारीको शब्द संगीत रहेको गितमा चर्चित गायक सन्दीप न्यौपाने र अस्मिता डल्लाकोटीको स्वर रहेकोछ। प्रतिभाशाली कलाकारहरुको टीमले तयार पारेको यो गीतले श्रोताहरुको मन छुने अपेक्षा गरिएको छ।
यस गीतमा रिजाल जुना विश्वकर्माले अभिनय गरेका छन्। गीतको भिडियो निर्देशक विक्रम चौहानले गरेका छन्।
गीत विभिन्न डिजिटल प्लेटफर्महरुमा उपलब्ध रहेको जानकारी दिइएको छ।