
कपिलवस्तु –
नवौं चन्द्रौटा महोत्सवको आज नबैैं दिनमा चर्चित गायक दुर्गेश थापाले दर्शकलाई छमछमी नचाएका छन । कता हिँडेको बैनी हट बनेर पट भएर ब्युटी भएर भन्दै गायक दुर्गेग थापा खैरो ज्याकेट, कालो चस्मा लगाएर बडो फुर्तिलोका साथ स्टेजमा देखिए । हेल्लो चनौटा भन्दै दर्शकलाई मोबाईल बाल्न भने तब दर्शकले लाईट बालेर हुटिङ सुरु गरे ।
भिड थेगिनसक्नु थियो माहोल तातेको थियो । पछिल्लो समयको युटयुब टेन्डिङ गीत दुस्मन हेरेको हेरैबाट स्टेज उक्लेका दुर्गेश थापाको क्रेजमा चौरमा युवायुवती निकै झुमेका थिए । महोत्सवको नबैैं दिनमा दुर्गेश थापा सगैँ १५ हजार बढि दर्शककले मेलाको अवलोकन गरेको आयोजकले जनाएको छ ।
गीत गाउँदा गाउँदै उनले सुरुमा मास्क र पछि ज्याकेट पनि फुकाले र बनियन मै गाउन थालेका थिए । दर्शकबाट वान्स मोर भनेपछि एउटै गीत उनले ३ पटक दोहोर्याएर दर्शकलाई नचाएका थिए ।
हामी पनि नाच्नुपर्छ बीच्चबीच्चमा गित गाउदै गरेका दुर्गेशले एकाएक ससाना भाईबहिनीहरुलाई समेत स्टेज बोलाएर छम्छमी नचाए ।साथै उनले क्षेत्रीको छोरो हिरो छ । लगाएका धेरै गीतहरु पनि उत्तिकै उर्जाका साथ गाएका थिए । दुर्गेशका बच्चा देखी बुढा सम्मका फ्यान भएको र आज सार्वजनिक बिदाको दिन भएकाले दर्शकको निकै चहलपहल थियो ।
महोत्सवमा जेडीसी डान्स ग्रुप ,चन्द्रौटा डान्स आइडल, गायन प्रतियोगिता, दैनिक रहेकोे छ भने दैनिक बिहान २ घन्टा योगा सत्र चलिरहेको छ । २०० भन्दा बढी स्टल रहेको महोत्सवमा ३ लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने लक्ष्य राखिएको छ ।“कृषि, पर्यटन, उद्योग र व्यापार स्थानीय उत्पादनको प्रयोग, रोजगारको मुख्य आधार” भन्ने नाराका साथ व्यापार संघ कपिलवस्तुले आयोजना गरेको महोत्सव माघ २० गतेसम्म चल्नेछ ।