चन्द्रौटा महोत्सवमा आज समिक्षा अधिकारी


कपिलवस्तु – 

नवौं चन्द्रौटा कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सवमा आज चर्चित लोक तथा दोहोरी गायिका समिक्षा अधिकारी, चर्चित लोक तथा दोहोरी गायक शिरीश देवकोटा र गायिका भुमिका गिरीको बेजोड प्रस्तुति रहने महोत्सवका सांस्कृतिक संयोजक दीपक पौडेलले जानकारी दिनुभयो ।

कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटामा माघ ९ गतेदेखि सुरु भएको नवौं चन्द्रौटा कृषि,पर्यटन तथा औद्योगिक व्यापार महोत्सवमा दिनहुँजसो कलाकारले दर्शकलाई मनोरञ्जन दिएका छन् ।  बिहिवार चर्चित गायक दुर्गेश थापाले कता हिँडेको बैनी हट भएर पट भएर ब्युटी भएर भन्दै चौरमा युवायुवती निकै नचाएका थिए । त्यस्तै विक्रम परीयार, शागर थापा, गायिका जिया भुसाल भोजपुरी गायक राजकुमार धवलको बेजोड प्रस्तुतिले दर्शकको निक्कौ घुइँचोे लागेको थियो ।

साथै जेडीसी डान्स ग्रुप ,चन्द्रौटा डान्स आइडल, गायन प्रतियोगिता, दैनिक रहेकोे छ । महोत्सवमा दैनिक बिहान २ घन्टा योगा सत्र चलिरहेको छ । २०० भन्दा बढी स्टल रहेको महोत्सवमा ३ लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने लक्ष्य राखिएको छ ।“कृषि, पर्यटन, उद्योग र व्यापार स्थानीय उत्पादनको प्रयोग, रोजगारको मुख्य आधार” भन्ने नाराका साथ व्यापार संघ कपिलवस्तुले आयोजना गरेको महोत्सव माघ २० गतेसम्म चल्नेछ ।

धेरै पढिएको

ताजा समाचार