चन्द्रौटा महोत्सवमा ईस्लामिक पुस्तक प्रदर्शनी सम्पन्न


कपिलवस्तुको चन्द्रौटा पुस्तक प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ ।

जमियत तवासुल अलखैरियाको आयोजनामा इस्लामीक पुस्तक प्रर्दशनी कार्यक्रम सम्पन्न भएको जमियत तवासुल अलखैरियाको अध्यक्ष अब्दुल कयुम मदनीले जानकारी दिनुभयो ।

माघ ९ गतेबाट आयोजित महोत्सवमा ईस्लामिक पुस्तक निशुल्क रुपमा बितरण गरिएको अध्यक्ष मदनीले बताउनुभयो ।

महोत्सवमा १ हजार भन्दा बढी पुस्तक, डायरी, कलम, बालबालिकाको लागि खेलौना वितरण गरिएको जमियत तवासुल अलखैरियाको प्रतिनिधि मुजिबुद्दिन खाले बताउनुभयो ।

पुस्तकको स्टलमा आउने जोकोहिलाई मिठाई र पानी समेत निशुल्क रुपमा बितरण गरिएको कार्यक्रम ब्यवस्थापक सहबुद्दिन मुसलमानले बताउनु भयो ।

जमियत तवासुल अलखैरियाको कमरुदिन मदनीले महोत्सव आयोजनलाई मायाको चिनो बितरण गरेको बताउनुभयो ।

धेरै पढिएको

ताजा समाचार