
कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटामा रहेको सिद्धार्थ बाल विकास केन्द्रले मिनी ओलम्पिक प्रतियोगिता खेल सम्पन्न गरेको छ ।
कपिलवस्तुमा पहिलो पटक मन्टेश्वरी स्तरको मिनि ओलम्पिक आयोजना गरिएको सिद्धार्थ बाल विकास केन्द्रका प्रमुख एवम प्रधानाध्यापक सुरेन्द्र चौधरीले बताउनु भयो ।
आजबाट सुरु भएको मिनि ओलम्पिक ४ दिनसम्म विभिन्न प्रतियोगितामा बालबालिकाहरूलाई खेलकुदमा सहभागी गराउँने उदेश्यले मिनि ओलम्पिक आयोजना गरेको चौधरीको भनाई रहेको छ ।
शारीरिक विकास र प्रतिस्पर्धात्मक क्षमताको अभिवृद्धि गराउने लक्ष्य सहित विभिन्न खेलहरू समेटिएको कार्यक्रमले बालबालिकाको आत्मविश्वास र प्रतिभा विकासमा टेवा पुर्याउने अपेक्षा गरिएको प्रमुख तथा प्रधानाध्यापक सुरेन्द्र प्रसाद चौधरीले बताउनुभयो ।